मेयर सरावगीले गरे १ सय २० जना विद्यार्थीको भविष्य बरबाद !

1696

वीरगन्ज १२ जेठ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको गैर जिम्मेवारपनको कारण १ सय बिस जना विद्यार्थीको भविष्य अन्धकार भएको छ ।बीरगंज गहवा वडा नं. १० मा रहेको वीरगन्ज रात्री माध्यामिक विद्यालय (नेपाल राष्ट्रिय प्राथमिक विद्यालय) रात्री माविमा अध्ययनरत १ सय बिस जना विद्यार्थीको भविष्य अन्धकार भएको हो ।दिनभरि काम गरि रातीको समय निकाली १ सय बिस जना विद्यार्थी वीरगन्ज रात्री माध्यामिक विद्यालयमा अध्यन गर्ने गरेका थिए अहिले सेवा बन्द भएपछि हामी १ सय बिस जना विद्याथी सरावगीको गैर जिम्मेवारपनको कारण शिक्षाबाट बञ्चित भएको अध्यनरत श्याम पटेलले बताए ।चुनाव ताका वीरगन्ज नगरवासीलाई शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकता परिपुर्ति गर्ने वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले कसम खाएका थिए अहिले आएर सरावगीकाे कसम फेल भएकाे छ बीरगंजको गहवामा रहेको रात्री माविमा अध्ययनरत १ सय बिस जना विद्यार्थीलाई शिक्षाबाट बञ्चित गराएका छन । अहिले बीरगंज गहवा वडा नं. १० मा रहेको वीरगन्ज रात्री माध्यामिक विद्यालयमा निजी पब्लीक नाईट कलेज सचालन भएको छ ।

निजी पब्लीक नाईट कलेजमा मेयर सरावगीका आफन्तको लगानी भएकोले सरावगी बीरगंज गहवा वडा नं. १० मा रहेको वीरगन्ज रात्री माध्यामिक विद्यालयमा रात्री अध्यन सेवा बन्द गरेको अध्ययनरत एक विद्यार्थीले भने । ।



.