बिहारमा भाजपाको जित पछि भिस्वा र सिम्रौनगढ नाकाबाट भाजपा समर्थकद्वारा मदिरा तस्करी

158

वीरगन्ज ११ जेठ । पर्साको भिस्वा र बाराको सिम्रौनगढबाट अहिले मदिराको तस्करी बढेको छ । बिहारमा मदिरा प्रतिबन्ध भएको बेलादेखि भइरहेको मदिरा तस्करीले पछिल्लो समय लोकसभाको निर्वाचनमा भाजपाको जित भए पछि समर्थकहरूले खुशीयालीमा मदिराको आयात बढाएका हुन् । बारा र पर्साको सीमावर्ती क्षेत्रबाट मदिराको तस्करी अहिले सामान्य कुरा हो । तर भारतीय लोकसभा निर्वाचनपछि परिणाम घोषणा लगतै मदिराको आजकली तस्करी बढेको छ ।

भिस्वा र सिम्रौनगढवासी नाकाबाट बिहानैदेखि बेलुकीसम्म भारतीयहरूले साइकल, मोटरसाइकल, जीपभ्यान आदिबाट मदिराको तस्करी गर्दै आएको बताएका छन् ।



प्रहरीले सूचना पाएर तस्करीको मदिरा पक्राउ गर्दै आएपनि अहिले निर्वाचनमा भाजपा समर्थकहरूले मदिरा ढुवानी गरेको कारण चुप बसेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबी पनि यो विषयमा मौन नै छ । दुवै तर्फका सुरक्षाकर्मीहरूको सहमा अहिले भाजपा समर्थकहरूले ठूलो परिणामा मई २३ को लोकसभा परिणाम घोषणापछिको उत्सव मनाउन मदिरा भण्डारण गरेको स्रोतले जनाएको छ ।