×

वीरगन्ज ९ जेठ । नेपाल बिद्यार्थि संघ पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्साको अगाडि आज एक घंटा धर्ना दिएको छ । बिगत एक हप्ता अगाडी संघले बिभिन्न माग हरु अघि सार्दै जिल्ला प्रशान कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा पनि आफ्ना मागहरुको सुनुवाइ नभएपछि बाध्य भएर धर्ना दिनुपरेको नेपाल बिद्यार्थि संघ पर्साका अध्यक्ष बिश्वास रन्जन दिवेदीले बताउनुभयो ।संघले निजि बिद्यालयहरुमा बिद्यार्थिहरुलाई दश प्रतिशत छात्रबृति दिनुपर्ने, स्कुल बसहरुमा एकरुपता गर्नुपर्ने, सरकारी स्कुलहरुमा भर्ना शुल्क नलिने र लिएकाको फिर्ता गर्नुपर्ने तथा दिवा खाजा कार्यक्रम सबै ठाउँमा कार्यन्वयन गर्नुपर्ने र पाठ्यपुस्कतक उपलब्ध गराउनुपर्ने लगायतका मागहरु राखेको छ ।

धर्नामा नेविसंघपसाका उपाध्यक्षद्वय बिकेश पटेल, रुद्र हल्दार, सचिबद्वय प्रभात सिँह, अब्दुल कयुम, बिबेक गुप्ता, मन्जीब मिश्रा लगायत अन्य पदाधिकारी हरुको सहभागिता रहेको थियो ।

Back to top