×

वीरगन्ज १ जेठ । वीरगन्जको श्रीपुरमा रहेको एभिन्युज खबर टेलिभजिन च्यानलको ब्यूरो कार्यालयमा गत सोमबार भएको तोडफोडमा संलग्न रहेका पाँचजना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा बुुधबार जाहेरी परेको छ ।

एभिन्युज खबर च्यानलका पर्सा संवाददाता हरिशंकर शर्माले तोडफाडमा संलग्न रहेको भन्दै वीरगन्ज महानगरपालिका–१३ का वडाध्यक्ष तुफान फारुक अन्सारी, दिपराज बर्मा, विशाल कुमार र नूर आलम विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका हुन् ।

यसअघि घटना भएकै दिन तोडफोडमा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको माग गर्दै शर्माले जिल्ला प्रहरी कार्यालय पर्सामा ठाडो उजुरी दिएको भए पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो नदेखाएको भन्दै बुधबार शर्माले किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरी दिए पछि तोडफोडमा संलग्न रहेका वडाध्यक्ष तुफान सहित पाँचजना फरार रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाेे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले भने किटानी जाहेरीमा नाम उल्लेख भएकाहरुको खोजी कार्य प्रहरीले गरिरहेको भए पनि फेला पर्न नसकेको बताएका छन् ।

Back to top