×

वीरगंज, बैशाख २९ - नेपालमा भोजपुरी भाषा तथा साहित्यको भीष्मपितामहको रुपमा परिचित वरिष्ठ भोजपुरी साहित्यकार पण्डित दिपनारायण मिश्रको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पर्साको एक दर्जन भन्दा पनि बढि संघ संस्थाहरुको आबद्धतामा शनिबार वीरगंज स्थित मारवाडी सेवा समितिको सभागृहमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

गत बैशाख १९ गते राति १० बजेर ३८ मिनेटको समयमा ३ वर्षको उमेरमा वीरगंजको रेशम्टोल स्थित आफ्नै निवास निधन भएको थियो । मिश्र विगत केहि समय देखि दम रोगबाट पडित थिए ।

नेपाल भोजपुरी समाज, आपन वीरगंज मिडिया ग्रुप, सहयोगी नेपाल, संस्कृति, सामाजिक अध्ययन तथा जनसंचार केन्द्र (सजक), भोजपुरी टाईम्स दैनिक, यात्रा डेली डट कम, पब्लिक एफएम, सानो पाईलालगयात एक दर्जन भन्दा बढि संघ संस्थाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी, भौतिक पूर्वाधार विकास मन्त्रि जितेन्द्र सोनल, राष्ट्रिय जनता पार्टीका महासचिव शिव गुप्ता, भारतीय साहित्यकार डा. हरेन्द्र हिमकर, स्तंभकार चंद्रकिशोर झा, विश्लेषक तुल नारायण साह, प्रदेश नं. २ का प्रमुख न्याधिवाक्ता दिपेन्द्र झा, युवा नेता तबरेज अहमद, सह-प्राध्यापक डा. विश्वम्भर शर्मा, समाजसेवी ओम प्रकाश शर्मा, भोजपुरिया साहित्यकार राम प्रसाद साह, युवा नेता ओम प्रकाश सर्राफ, विद्यार्थी नेता निखिल बरनवाल, शशिकान्त सर्राफलगयात भाषा साहित्य संग जुडेका अन्य लेखक, कवि तथा अभियान्ताहरुको समेत सहभागिता रहेको थियो । नेपाल भोजपुरिया समाजका सचिव ऋतुराजको अध्यक्षता तथा पत्रकार रितेश त्रिपाठीको सहजीकरणमा कार्यक्रम सम्पन्न भयो ।

श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले नेपालको भोजपुरी भाषा साहित्यले आफ्नो अभिभावक गुमाएको बताए । उनले पण्डित दीपनारायण मिश्रले सोचे अनुसार भोजपुरी भाषाको प्रगति भए उनलाई सच्चा सम्मान प्राप्त हुने बताए ।

त्यसैगरि भौतिक पूर्वाधार मन्त्रि जितेन्द्र सोनलले पण्डित दीपनारायण मिश्रको निधनले भोजपुरी भाषा साहित्य क्षेत्रमा अतुलानिया क्षति भएको बताए । उनले पंचायत कालको अँध्यारोमा समेत भोजपुरी भाषाको दिपलाई जलाई राख्ने श्रेय केवल पण्डित दीपनारायण मिश्रलाई मात्र जाने जिकिर गरे । मन्त्री सोनलले प्रदेश सरकारले आउने माघ १ गते बृहत बहुभाषिक कवि सम्मेलन समेत गराउने उद्घोष गरे ।

मिश्रको सम्झनामा एक मिनटको मौन धारण गर्दै सुरु गरिएको सभामा भोजपुरी लोकगायक सोधा यादव, बृजमोहन र शर्वजित निर्गुनले मार्मिक भोजपुरी लोक गित निर्गुण समेत प्रस्तुत गरेका थिए ।

Back to top