×

वीरगन्ज २८ बैशाख । पर्साको बिन्दबासिनी गाउँपालिका–४ मधवलकी ८० वर्षीया वृद्धा शिवदुलारी देवी बरहीले मन्दिर विकास समितिलाई ४ कठ्ठा जग्गा दान गरेकी छन्। उनले स्व.श्रीमान् पारसनाथ प्रसाद बरहीको नाममा जग्गा दान गरेकी हुन्।

चौरसिया सेवा समितिले शुक्रबार नेपाल पत्रकार महासंघ पर्सामा आयोजना गएको कार्यक्रममा बरहीले मन्दिर विकास समिति र श्री हनुमान मन्दिर विकासको नाममा जग्गाको लालपुर्जा हस्तारन्तरण गरेकी हुन्।

उनले भनिन्, ‘मेरो श्रीमान्को सपना थियो, समाजको उत्थानको लागि केहि गरौं। तर, उनले गर्न सकेका थिएनन्, उनको सपना पुरा गर्न आफूले समाजको लागि चौरसिया समाज रमन्दिरलाई जग्गा उपलब्ध गराएको हुँ।’

शिवदुलारीले बिन्दबासिनी गाउँपालिका–४ मधवल टोलमै रहेको जग्गामध्ये चौरसिया (बरई) सेवा समिति वीरगन्ज–१६ पर्सालाई २ कठ्ठा र हनुमान मन्दिर विकास समिति बिन्दबासिनी–४ इटियाहीलाई २ कठ्ठा दान गरेकी हुन्। बरहीले दान गरेको जग्गाको मूल्य १२ लाख रहेको चौरसिया सेवा समितिका सचिव योगेश्वर प्रसाद चौरसियाले बताए।

Back to top