×

रौतहट २० बैशाख । न्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरी भाषाका राईजिँग स्टार गायक रितेश पाण्डे मधेश आउने भएको छ । प्रदेश नं. २ को रौतहटमा हुन लागेको नमस्ते रौटहट साँगितिक कार्यक्रममा युवाहरुको धडकन गायक रितेश पाण्डेले रौतहट तताउने भएको छ । आउँदो बैशाख २८ गते शनिबारका दिन विहान ११ बजेदेखि सुरु हुने नमस्ते रौतहटमा गायक पाण्डे सहित मधेशका दिग्गज कलाकारहरुले समेत दर्शक झुमाउने भएको छ । जा ऐ चन्दा ले आब खवरिया जस्ता गीतबाट चर्चामा आएका गायक पाण्डे सहित मैथिली भाषाका राईजिँग स्टारहरु समेतले दर्शक माझ आफ्नो प्रस्तुति दिने भएको छ । नमस्ते रौतहट कार्यक्रममा भोजपुरी भाषाकै गायक तथा अहिले चम्किरहेका स्टार प्रमोद पिया सहित अभिनेता एवम् नृत्यकताृ अरुणकान्त यादव, नान्सी गल, माही खान, चिन्नीलाल, गायक अरुण विजैया, गायिक ईशिका भुजेल, नृत्याँगना ममता पण्डित, पलक र गायक नेक मोहम्मद लगायतले प्रस्तुति दिने भएको छ । नमस्ते ईभेन्ट मेनिया प्रा।लि।को आयोजनामा हुन लागेको उक्त लाईभ कन्सर्टमा एकसाथ मैथिली, भोजपुरी, बज्जिका, नेपाली भाषाभाषीका कलाकारहरुको एकसाथ जमघट हुने भएको गायक प्रमोद पियाले जानकारी दिएका छन् । पहिलो चोटी हुन लागेको यस्ता लाईभ कन्सर्टमा हजारौँको सँख्यामा दर्शकको उपस्थिति रहने विश्वास आयोजक समितिले लिएको छ । उक्त कार्यक्रम शनिबारको दिन रौतहट गौरको जुधा माध्यमिक विद्यालयको प्रांगनमा आयोजना गरिएको जनाइएको छ ।

Back to top