×

वीरगंज १८ बैशाख । बाराको प्रसौनी गाँउपालिकामा आज देखि गाँउपालिका स्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रसौनी गाँउपालिका वडा नम्बर ४ खुटवाको चण्डीमाई खेलमैदानमा प्रथम मेयर गोल्डकपको शुरु भएको हो ।। प्रतियोगिको उद्घाटन प्रदेश २ का भौतिक तथा पुर्वाधार मन्त्री जितेन्द्र सोनलले गर्नुभएको थियो । गाँउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य पारस साह, गाँउपालिका उपाध्यक्ष गीता साह ,वडा अध्यक्ष आनन्द गुप्ता लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण निरमा चौधरीले गरेकि थिईन । प्रतियोगितामा प्रसौनी गाँउपालिका ,स्वर्णगाँउपालिका,परवानीपुर गाँउपालिका, आर्दश कोतवाल गाँउपालिका , बारागढी गाँउपालिका,फेटा गाँउपालिका , देवताल गाँउपालिकाका क्रिकेट टिमहरुको सहभागिता रहेको छ । आजको उद्घाटन खेल प्रसौनी गाँउपािलका र स्वर्ण गाँउपालिका बिच खेल भईरहेको हाम्रा सहकर्मी मोहनलाल पंडितले जानकारी दिनुभयो ।

Back to top