×

वीरगन्ज १७ बैशाख । वीरगञ्ज÷वीरगञ्ज महानगरमापलिका वडा नम्बर ११ स्थित पेन्ट उद्योगमा आगलागी भएको छ । मंगलबार साँझ स्थानीय अजय साहको लक्ष्मीद्वीप पेन्ट उद्योगमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले आगलागीको कारण खुल्न नसकेको बताएको छ । प्रहरी उपरिक्षक रेवती ढकालले प्रहरी, सेना र स्थानीयबासिन्दा आगो निभाउन खटिएको बताए । वीरगञ्ज महानगर, जितपुर उपमहानगर र पोखरिया नगरका दमकलले आगो निभाएका थिए ।

उद्योगमा अचानक लागेको आगो केमिकलमा सल्किएर फैलिएको थियो । बाक्लो बस्तीबीचमा रहेको उद्योगमा आगो लागेपछि स्थानीयबासिन्दा आतंकति भएका थिए ।

Back to top