प्रचण्डलाई सांसद यादवको चुनौती ’हिमत छ भने प्रदेश नम्बर २ को सरकार ढालेर देखाउ

1342

वीरगन्ज १७ बैशाख । संघिय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष तथा सांसद प्रदिप यादवले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिवास्वन नदेख्न सचेत गराएका छन् । प्रदेश नम्बर २ मा छिट्टै नेकपाको सरकार बन्ने प्रचण्डको अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद यादवले प्रचण्डलाई यथार्थमा जिउन आग्रह गरेका हुन । ‘दुई नम्बर प्रदेशमा नेकपा सरकार बन्छ भन्नु दिवास्वप्न बाहेक केहि हुन सक्दैन,’ सांसद यादवले भने, ‘यस्ताखाले सपनाको आधारका जथाभावि बोल्दै हिड्न भएन नि ।’
प्रदेश नम्बर २ को सरकारले गरेको राम्रो कामबाट आत्तिएर प्रचण्डले यस्ता अभिव्यक्ति दिँदै हिडेको सांसद यादवको भनाई छ । ‘अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेश सरकारले निकै राम्रो काम गरिरहेको छ,’ यादवले भने, ‘मधेसवादी दलले चलाएको सरकारले राम्रो काम गर्यो भनेर नेकपाको सातो गएको हो ।’ प्रदेश नम्बर २ को सरकारले बालुवाटार बेच्दै हिडेको छैन भन्दै उनले कटाक्ष समेत गरे ।
सांसद यादवले केहि मधेसवादी दलका नेताहरु नेकपा प्रवेश गर्दैमा नमात्तिन आग्रह गरे । ‘मधेसी जनताले पुर्ण रुपले अस्विकार गरेको नेतालाई पार्टी प्रवेश गराएर केहि हुँदैन,’ यादवले थपे, ‘क्षमता छ भने तत्कालिन नेकपा र माओवादी त्यागेर ससफोमा आएका नेता कार्यकर्ता फर्काएर देखाउनुस । दुई नम्बर प्रदेश सरकारले सफलतापुर्वक आफ्नो सरकार चलाउने उनले विश्वास व्यक्त गरे ।