×

साविकको बहुर्वाभाठा गाविसका स्व.रामचन्द्र प्रसाद बरै र सकुन्तला देवीका जेष्ठ सुपुत्र हुन् डा. उमेश चौरसिया । हालको वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा बसोवास गर्दै आइरहेका डा. चौरसियाका एक बहिनी र दुई भाइ छन् । डा. चौरसिया ठाकुरराम बहुमुखी क्याम्पसको क्यामेष्ट्रिको प्राध्यापक, गोल्डेन फ्यूचर सेकेन्ड्री विद्यालयको संस्थापक, ओम इन्टरनेशनल एकेडेमीका संस्थापक डाइरेक्ट र अहिलेकोे किड्स प्लानेटका पनि संचालक हुन् । बाल्यकालमा निकै कडा मेहेनत गरी अध्ययन गरेर शिक्षा क्षेत्रमा प्रवेश गरेका डा चौरसिया वीरगन्जका लागि नयाँ नाम भने होइन । वीरगन्जमा भर्खरै नयाँ किड्स प्लानेट प्रि प्राइमरी विद्यालय खोलेर चर्चामा आएका उनै डा. चौरसियासँग किड्स प्लानेटका बिषयमा गरिएको विशेष कुराकानी ः

१) मन्टेश्वरी विद्यालय कस्तो विद्यालय हो ?

रमाइलो र बालमैतृ वातावरण, खेलमय संसार, प्रसस्त खेल्ने ठाउँ जहाँ स—साना नानि बाबुहरुको ईच्छा अनुसारको पढाई हुन्छ । त्यो नै मन्टेश्वरी बेस्ड स्कुल हो । यसलाई प्रि–स्कुल पनि भनिन्छ । यस्ता विद्यालयमा साना नानी बाबुहरुले अक्षर चिन्ने, बोल्न सिक्ने, पढ्ने, लेख्ने उमेर भएकैले उनिहरुलाई कुनै पनि दवाव नदिई उनीहरुको रुचि र क्षमता अनुसारको वातावरणको तयार गरी पठन पाठन गराइन्छ । जसले गर्दा उनिहरुको चक्चके पना र कृएटिभिटी सन्तुलनमा रहन्छ ।

२) बालबालिकालाई मन्टेश्वरीको आवश्यक्ता किन ?

घर बलियो हुन जगको महत्वपूर्ण भुमिका हुन्छ भने झै मन्टेश्वोरी शिक्षा बालबालिकाको शिक्षाको जग हो । जस्ले उनीहरुको भिविष्यलाई बलियो बनाउने काम गरेको हुन्छ । मन्टेश्वरी शिक्षा प्रणालीमा कलिला बालबालिकाको हुर्कदै गरेको मस्तिष्कलाई मलजल गर्ने र ज्ञान भर्ने प्रयास गरिन्छ । मन्टेश्वरी भनेको भर्खरै रोपेको विरुवा हुर्काउनु जस्तै हो । जसरी विरुवालाई राम्रो रुख बनाउन विशेष किसिमको स्याहार चाहिन्छ, । त्यस्तै असल र क्षमतावान् नागरिक तयार गर्न विशेष शिक्षण विधिको महत्व छ । विरुवा ठूलो भएपछि आफनो सुरक्षा उसले आफै गर्न जाने जस्तै मन्टेश्वरी शिक्षाले पनि असल र व्यावहारिक नागरिक बनाउन मद्दत पुग्छ ।

३) मन्टेश्वरी संचालन गर्न कत्तिको सहज छ ?

वालवालिकालाई पढाउनु सहज कार्य पक्कै होइन । किनभने हरेक विद्यार्थीको स्वभाव फरक हुन्छ । त्यसमा पहिचान गरी डिल गर्न पर्छ । एक एक बच्चासँग ईन्डिभिजुवल टचमा रही सिकाउनु पर्ने हुन्छ । त्यसमाथि अहिलेको पर्तियस्पर्धाले गर्दा वास्तविक मन्टेश्वरी विद्यालको पहिचान नै गुम्ने अवस्थामा छ । मैले क्याम्पसमा अध्यापन गराउने क्रममा ९५ प्रतिशत विद्यार्र्थीहरुमा आफ्नो रुचिले पढ्न नरुचाएको पाए ।

४) मन्टेश्वरी विधि पढ्दा धेरै खर्च गरेर पढ्नु पर्ने, पछि मन्टेश्वरी पार गरेर गएपछि विद्यार्थीहरुले त्यस्तै वातावरण पाउन सक्छन् ?

मन्टेश्वरी एउटा मेथड हो । हाम्रो समाजमा सानो उमेरमा मन्टेश्वरीमा पढाउने र पछि अर्को विद्यालयमा राख्ने मानसिक्ता छ । साना बच्चा चक्चके हुन्छन् । उनीहरुमा एक प्रकारको उत्सुक्ता हुन्छ । यदि त्यो उत्सुक्तालाई हामीले मेन्टेन नगरि समाप्त गर्ने हो भने उनीहरुको ज्ञान साघुरिदै जान्छ । त्यसैले यो तल्लो लेबलमा मात्रै सिमित राख्नु पर्छ भन्ने छैन । यसलाई विद्यालय तहसम्म पनि लैजान सकिन्छ ।

५) तपाईहरुलाई लाग्ने गरेको एउटै आरोप आफै मनपरि ढंगबाट चर्को शुल्क असुल्छन भन्ने छ नि ?

शैक्षिक क्षेत्रमा व्यापारीकरण मौलाएको छ । यो हामि सबैले स्वीकानै पर्छ । तर वीरगंजको परिप्रेक्षमा त्यो सत्य होइन । किन भने वीरगंजमा भएका सबै विद्यालय निम्न देखि उच्च तहका छन् । सबै विद्यालयहरुको मासिक शुल्क हेर्दा पनि त्यस्तो देखिदैन । दुईचार वटा विद्यालयले त्यसो गरे भन्दैमा सबै विद्यालय माथि प्रश्न उठाउन मिल्दैन नि ।

६) अन्त्यमा किड्स प्लानेट मै विद्यार्थीलाई भर्ना किन गर्ने ?

किड्स प्लानेट भनेको पर्सा जिल्लाकै पहिलो सुविधा सम्पन्न मन्टेश्वरी राम्रो स्कुल हो । यो फराकिलो क्षेत्रफलमा फैलिएको छ । यहाँ बालबालिकाहरुलाई समयको माग अनुरुपको शिक्षा दिने व्यवस्था छ । यहाँ हामीले बालबालिकाहरुलाई आफ्नो संस्कृति, संस्कार, व्यवहारिक ज्ञान, नैतिकताको साथै गुणस्तरीय शिक्षा दिने वातावरणको व्यवस्था गरेका छौ । यहाँ उनीहरुले खेल्न, डुल्न सहजै पाउँछन् । त्यसैले किड्स प्लानेट विद्यालय अरुको तुलनामा बेग्लै किसिमको छ ।

Back to top