बिरगंज पब्लिक कलेजलाई ISO 9001:2015 बाट सम्मानित

165

बिरगंज १३ बैशाख । बिरगंज पब्लिक कलेज २०५७ सालमा स्थापना भएको हो । कलेजले प्लस टु ,बिबिए,बिबिएस ,एमबिए ,एमबिएस सन्चालन हुँदै आएकोमा bachelor in information management (Bim) र Chartered Accountancy (CA) को कक्षा यसै शैक्षिक सत्र देखि यश कलेजमा संचालन हुने भैइरहेको बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर ड. दिपक शाक्यले जानकारी गराउनु भयो।मितव्ययि शुल्क गुणस्तरिय पठन पाठनमा मोफसलको कलेझरुमा उत्कृष्टता प्रदान गर्न सफल यश कलेजलाई New Business Age Pvt.Ltd द्वारा New Biz BSchool Rating Ranking Award 2018 अन्तरगत प्रदेश न,२ कै उत्कृष्ट व्यवस्थापन कलेज ,MBS मा, नेपालकै उत्कृष्ट कलेज र MBA ,BBA र BBS मा नेपालकै उत्कृष्ट दस कलेजहरुमा पुरस्कुत गरि यसको गुणस्तरियता ,उत्कृष्टतालाई पुस्टियाई गरेको छ ।यसै सिलसिलामा यश बर्ष सन 2019 अप्रिल 16 मा United Registrar Of System ,ISO 9001 , UK द्वारा यश कलेजलाई Organization”s Quality management system को लागि ISO 9001:2015 द्वारा प्रमाणित गरेको पनि शुक्रबार कलेजमा पत्रकार भेटघाटमा कार्यक्रम सो कुराको जानकारी गराईएको थियो।बिरगंज पब्लिक कालेजका निर्देशक प्रोफेसर डा.दिपक शाक्यको सभापतित्वमा र नेपाल पत्रकार महासघ प्रदेश न,२ का अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा कलेजका प्रोग्राम डाईरेक्टर सन्कल्प शाक्य , कलेजका प्रिन्सिपल बिनय श्रेष्ठ ,अरबिन्द श्रेष्ठ , किरण शाक्या ,नेपाल फोटो पत्रकार महासघ प्रदेश न,२ का अध्यक्ष राम सर्राफ  ,सघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल ,नेपाल टेलिभिजनका धुर्ब अधिकारी , लगायतकाको सभागिता रहेको थियो ।