×

वीरगन्ज ९ बैशाख । वीरगन्ज महानगरपालिकामा केही अघिसम्म नामै नसुनिएका ब्यक्ती दुख, मेहेनेत गरेर आज नेपालदेखि भारतको मुम्बईसम्म सम्पत्ति आर्जन गर्न सफल भएका छन । ती व्यक्ति हुन ज्योतिलाल कलवार । वीरगन्जको घडीअर्वाको वडा नं. १० को सानो घरबाट वीरगन्जको नाम चलेका चामल ब्यपारी शिवजी कलवारसंग जुडेर धैरै विवादपछि शिवजी कलवारसंग छुटी आफ्नै काममा मेहेनेत गरेर वीरगन्ज सहरमा जग्गा खरिद विक्री काममा लागेर करोडौ सम्पती आर्जन गरेका जोतीलाल कलवार आज घरको ना घाटको भएका छन ।

जोतीलालले कमाएको सम्पतीमा अरुले आखा लगाउनु परै जावसो तर उनकै छोरा विजय कलवार र श्रीमतीले आँखा लगाउन सुरु गरे पछि आफू आज घरको ना घाटको भएको दुखेसो ज्योतीलालले गरेका छन ।

छोरा विजय र श्रीमतीको विवादले जोतीलाल कलवारले आफनो सबै सम्पती छोरा र श्रीमतीको नाममा गरिदिएका छन । सम्पती श्रीमती र छोराको नाम भएपछि अहिले जोतीलाललाई उनको छोरा वीजयले पिटपाट गरि घरबाट निकालिदिएका छन ।

जोतीलाललाई छोराले घरबाट निकालिदिएपछि जोतीलाल वीरगन्ज बजारमा पागल जस्तै भैतारी रहेका छन ।

उनले कमाएको सम्पती श्रीमती र छोराले कब्जा गरेर बुवालाई घरबाट निकालेको देखदा अहिले वीरगन्जका कलवार समाज छोरा विजयले गरेको कर्तुत माथी लजित भएका छन ।

यता जोतीलाललाइ छोरा विजयले सारा सम्पती आफनो नाममा गराई घरवाट निकालेको बजारमा हल्ला भए पछि जोतीलालले बजारबाट रिन लिएको साउ महाजनहरु जोतीलाललाई ताकेता गर्न थालेका छन ताकेताको बोझ थेक्न नसकी अहिले जोतीलाल विक्षिप्त बन्न पुगेका छन् ।

जबकी ज्योतिलाल कलवारले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई १५ लाख रुपैया पर्ने आफनो १ कठठा जग्गा दिएर पत्रकार र वीरगन्ज समाजको नजरमा धेरै चर्चा कमाए तर आज उनी जोतीलाल कलवार आज घरको ना घाटको भएका छन ।

Back to top