×

वीरगंज, बैसाख ७ - नेपाल विधार्थी संघ पर्साले बिश्व बड़ी बिल्डिंग चयम्पियन सिपमा नेपालको लगी पहिलो पटक स्वर्ण पदक जितेको महेश्वर महर्जनलाई सम्मान गरेको छ ।

महर्जनलाई नेवि संघले आफ्नो स्थापाना दिवसको उपलक्षमा मनाईरहेको साप्ताहिक कार्यक्रम अन्तर्गत सम्मान गरेको हो । केहि महिना अगाडि महर्जनले थाईल्याण्डमा आयोजित १० सौ बिश्व बड़ी बिल्डिंग चयम्पियन सिपमा नेपालको लागि स्वर्ण पदक जितेका थिए ।

नेवि संघको स्थापन दिवस मनाउन साताव्यापी कार्यक्रम चलाई रहेको नेवि संघले आज वीरगंजमा एक कार्यक्रमको आयोजना गरि नेपालको नाम विश्व स्तरमा उचालन सफल भएका महर्जनको योगदानलाई कदर गर्दै नेवि संघले उनलाई सम्मान गरेको विद्यार्थी नेता विकास तिवारीले बताए । कार्यक्रममा महाराजन्लाई मायाको चिन्हो र फूलमाला लगाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै विद्यार्थी नेता तिवारीले नेवि संघले नेपालमा लोकतन्त्र र गणतन्त्रमा अतुलनिय भूमिका खेलेको बताए । उनले नेपालमा परिवर्तनको राजनीति विद्यार्थीहरुलेनै सुरु गरेको कुरालाई औल्याउदै त्यस्ता सम्पूर्ण विद्यार्थी आन्दोलनहरुको नेतृत्व नेवि संघलेनै गरेको दावी गरे ।

सम्मान कार्यक्रममा नेवि संघका नेता सरोज चौरसिया, रोशन सिंह, अभय कर्ण, समीर मंसूरी, सेस हाजरा, त्रिलोकी साह, चंदन सहनी, सरोज अंसारी , हरिश गुप्तालगायत युवा नेताहरुको उपस्थिति रहेको थियो ।

Back to top