×

वीरगंज, पुष २६ - हाँस्यप्रधान चलचित्र ‘चौका दाउ’ पुस २७ गते अर्थात् भोलि शुक्रबारबाट देशव्यापी प्रदर्शन हुने भएको छ । ‘चौका दाउ’मा ४ जना वृद्ध र जवान प्रेमीकाको रमाइलो कथा र त्यसपछिको वियोगान्त घटनाक्रम समेटिएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पास गर्दै चलचित्रलाई पिजि (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ । १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको निगरानीमा उक्त चलचित्र हेर्न पाउने छन् । 'चौका दाउ' वीरगंजको अत्याधुनिक सिनेमा घर ए-म्याक्समा लाग्ने छ ।

पुर्णेन्दु झा द्वारा निर्देशित चलचित्रमा सन्तोष पन्त, तैयव शाह, वर्षा राउत, अजस्र ढुंगाना, विल्सन विक्रम राई, रविन्द्र झा, निर्मल शर्माका साथमा सोनिका केसी, श्याम राई, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, सागर सिग्देल र शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय हेर्न सकिन्छ ।

वरिष्ठ संगितकार शम्भुजित वाँस्कोटाको कथा र सङ्गीत रहेको चलचित्र सौर्य प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रमा दिर्घ गुरुङको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ/भीमफेदी गाईजको नृत्य निर्देशन र मित्रदेव गरुङको सम्पादन रहेको छ । सौर्यजित वाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको चलचित्र हो ।

चलचित्रको ट्रेलरलेनै काउकुती लगाइदिँदा दर्शकले मजैले रमाइलो लिने अपेक्षा गरिएको छ ।

हेर्नुस ट्रेलर

https://www.youtube.com/watch?v=nYcMlFlLkl8&t=60s

Back to top