×

वीरगंज, मङ्सिर १८ - नेपाल कांग्रेसको भातृ संगठन नेपाली विद्यार्थी संघ (नेवि संघ)को पर्सा जिल्ला अध्यक्ष पदमा विद्यार्थी नेता विश्वास रञ्जन द्विवेदील चयन भए पछी संगठनमा विवाद चुलिएको छ ।

नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति अजय कुमार द्विवेदीले आफ्नै भतिज पर्ने विश्वास रञ्जन द्विवेदीलाई अवैधानिक तरिकाले नेवि संघ पर्साको अध्यक्ष पदमा चयन गरेको भन्दै विद्यार्थी नेताहरुले विरोध गरेका हुन् । आज एक प्रेस विज्ञप्ति जारि गर्दै सभापति द्विवेदीले विद्यार्थी नेता विश्वास रञ्जन द्विवेदीलाई जिल्ला अध्यक्ष पदको जिम्मेवारी दिएका थिए ।

सभापति द्विवेदीको निर्णयको नेवि संघ पर्साका चार वटै क्षेत्रीय सभापतिहरुले विरोध जनाएका छन् । क्षेत्र नं. १ का क्षेत्रीय सभापति देव प्रकाश पटेल, २ का रंजित कुमार पटेल, ३ का चन्दन सहनी र ४ का विकास तिवारीले आज एक संयुक्त विज्ञाप्ति जारि गर्दै पार्टीको जिल्ला कार्यसमितिले गरेको निर्णय नेवि संघको विधि र विधान संम्बद नभएको हुँदा त्यसको कुनै तुक नरहेको बताएका छन् ।

'द्विवेदीको मनोनयन कुनै विधि र विधान संम्बद नभएको हुँदा संगठनको केन्द्रिय कार्यालयबाट आएको निर्णय अनुसार प्रतिनिधिहरुद्वारा गरिने अधिवेसन मात्रै मान्य हुने,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत भाद्रौंमा नेवि संघ पर्साले पटक-पटकको प्रयास पश्चात झन्डै १० वार्स पछि अधिवेसन गर्ने प्रयास गरे तापनि पार्टी सभापतिले अधिवेसन प्रक्रियालाई लत्याउदै सहमतिको आधारमा आफ्नै भतिजा पर्ने विश्वास रञ्जन द्विवेदीलाई अध्यक्ष बनाउन हठ लिए पछि अधिवेदन भाडिएको थियो ।

विज्ञप्ति;

Back to top