प्याब्सन टि-२० नकआउट आजबाट

51
Share
  • 11
  •  
  •  
  •  
    11
    Shares

वीरगंज, ८ मङ्सिर – वीरगंज बिर्ता स्थित होटेल अन्नपूर्णमा प्याब्सन पर्साको अध्यक्ष हरिशंकर साहद्वारा हुन लागेको नेपाल मेडिसिटी प्याब्सन टी २० नकआउट क्रिकेट गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

वीरगंज स्थित नारायणी रंगशालामा आज मङ्सिर ८ शनिबार देखि टी-२० क्रिकेट प्रतियोगिता सुरु हुन गइरहेको छ । पर्सा प्याब्सनले विद्यार्थीहरुको चौतर्फी विकासको लागि अध्ययनको साथै बर्षेनी विभिन्न प्रकारको खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने गरेको क्रममा क्रिकेटको अन्तर्राष्ट्रिय नियम अनुसार पाँचौ पटक प्याब्सन टी २० क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु भइरहेको छ ।

उक्त प्रतियोगितामा नेपाल टिमका कोच र पूर्व क्याप्टेनद्वय बिनोद दास र पवन अग्रवालको विशेष उपस्तिथीमा सो खेल गराइने छ । यस क्रिकेट प्रतियोगितामा प्याब्सनसंग आवद्ध ३२ वटा माध्यामिक विद्यालयको सहभागिता रहने छ भने नेपाल मेडिसिटीको आर्थिक सहयोग ६ लाख र प्रत्येक भाग लिने माध्यमिक विद्यालयसंग ६ हजारको दरले इन्ट्री चार्ज लिइएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्याब्सनका अध्यक्ष हरिशंकर साहले सो कुराको जानकारी गराएका थिए । सो कार्यक्रममा प्याब्सन नगरकार्य समितीका वर्तमान अध्यक्ष आलोक चौरसिया तथा पुर्ब अध्यक्ष इमामुदिन अहमदको संयोजकत्वमा सम्पन्न गरिएको थियो । उक्त प्रतियोगिता मंसिर २९ गते सम्म चल्ने राष्ट्रिय एम्पायर हिरालाल यादवले बताउनु भएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here