×

वीरगन्ज २१ कार्तीक । वीरगञ्ज महानगर पालिकाका मेयर विजय सरावगीले छठ पर्व नजिक आउदा पनि कुनै वास्था नगरेको सिर्सिया नदीमा फोहोर पानी आइरहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । छठ पर्व नजिकिदै गर्दापनि सिर्सिया नदीमा कालो लेदो पानी आइरहेको छ । बारा, पर्सा क्षेत्रका विभिन्न उद्योगबाट प्रदुषित पानी नदीमा नै खसाल्ने गरेका कारण उद्योगको पानी प्रदुषित छ । त्यसमाथि सर्वसारधणले समेत घरबाट संलकन गरेको फोहोर, मरेका पशु चौपाया लगेर नदीमा फाल्ने गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं ११ मा रहेको रामजानकी मन्दिर परिसर, रानीघाट छठघाट परिसरको सरसफाई गर्ने क्रममा नदीको प्रदुषण नियन्त्रण नभएकोमा सहभागीले चिन्ता जनाएका हुन् । हिन्दुहरुको महान चाड दिपावली र छठ पर्वको पूर्व सन्ध्यामा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले वडा प्रहरी कार्यालय श्रीपुरसँगको समन्वय गरि सरसफाइ कार्यक्रमको अयोजना गरेको थियो । रानीघाट मात्रै नभएर अन्यत्र पनि सिर्सिया नदीको किनारमा सर्वसाधरणले छठ पर्व मनाउँदै आएका छन् । विगतका वर्षहरुमा उद्योगहरुले छठको समयमा नदीमा फोहोर रसायनयुक्त पानी छोड्न बन्द गर्ने गरेको थियो । जसबाट थोरै भएपनि नदीमा सफा पानी आउने गरेको भएपनि यसवर्ष एकदमै प्रदुषित पानी आईरहेको वडा नं ११ का अध्यक्ष प्रधुम्न सेढाईले जानकारी दिए । ‘छठमा ब्रतालुहरु पानीमा पसेर अर्घ दिने गर्छन, नदीमा अहिलेसम्म कालो पानी नै आएको छ,’ उनले भने, ‘विगतमा छठको दुई तीन दिन अघिदेखि सफा पानी आउने गरेको थियो । आश गरौं यसपाली पनि सफा पानी आउँछ होला तर अहिले सम्म सफा पानी आएको छैन सायद माडवाडी समुदायका उधोग बढी भएका कारण जातिय पक्छ लिएर मेयर सरावगीले केहि न बोलेका होलान ।’ यसवर्ष कात्तिक २७ गते छठ परेको छ । छठ पर्वका लागि छठघाटको सफाई र सजावटको तयारी शुरु भइसकेको छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सुर्यलाई अर्घ दिने चलन छ । व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले नदीमा पस्न त परको कुरा टाढैबाट घिन लाग्ने अवस्थामा रहेको बताए । गत कात्तिक १० गते जिल्ला प्रशासन कार्यालय र उद्योगीबीच कात्तिक १८ गतेदेखि २८ गते सम्म प्रदूषित पानी नफाल्ने निर्णय भएको थियो ।

Back to top