×

वीरगन्ज, ३ कार्तीक । वीरगन्जमा नव निर्मीत श्री सिरडी साई बाबाको मंन्दिरमा मुर्ती स्थापना तथा प्राणप्रष्ठिानको लागि आज वीरगन्जमा कलश यात्रा निकालिएको छ ।

श्री सिरडी साई बाबाको वीरगन्जमा रहेको सयैको संख्यामा महिला तथा पुरुष भक्तजनहरु वीरगन्जको गिता मंन्दिरबाट कलशमा जल लि वीरगन्जको नगर परिक्रमा गरि गिता मंन्दिरस्थित चित्रगुप्त मंन्दिर पछाडी नव निर्मीत श्री सिरडी साई साईबाबाको मंन्दिरमा कलश यात्रा समापन भई आज देखि पुजा सुरुभएको छ ।

आज देखि तिन दिन सम्म चलने श्री सिरडी साई बाबाको मुर्ती स्थापना तथा प्राणप्रष्ठिान कार्यक्रम रहेको श्री सिरडी साई बाबा मंन्दिरका संरक्षक निरज सर्राफ – मुना) ले बताएका छन ।

तीन दिनसम्म चल्ने प्राण प्रतिस्टामा सहभागि भाई श्री सिरडी साइ बाबाको दर्शनबाट प्राप्त हुने शान्तिको अनुभुतीलाई हासिल गर्न तथा प्रसाद खान आउन सबै वीरगन्ज बासिलाई सर्राफले अफिल गरेका छन् ।

६ लाख रुपैयामा खरिद गरी भारतबाट श्री सिरडी साई बाबाको पूर्ण कदको मुर्ती मन्दिरमा प्राणप्रष्ठिान गरिएको छ ।

श्री सिरडी साई बाबाको दर्शन र अराधनाले शान्ति प्राप्त गरेको अनुभुती पाएपछि वीरगन्ज महानगपालिकाको वडा नं.१० अडिअर्वा निवासी सर्राफले ८० लाख भन्दा बढी मुल्य पर्नेे पुस्तैनी जग्गा दान गरी सो जग्गामा भब्य मन्दिर बनाएका हुन ।

पेशाले सुन व्यवसायि समेत रहेको समाजसेवी सर्राफले वीरगन्ज महानगरपालिकाको वाड नं. ६ गितामन्दिर रोडमा रहेको ७ धुर पुस्तैनी जग्गामा करिब ८५ लाख रुपैया खर्च गरेर श्री सिरडी साई बाबाको भब्य दूई तेल्ले मन्दिर निर्माण गरेका छन ।

२०७३ साल फागुन १५ गते त्तकालिन पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको हातबाट भुमिपुजन गराई मन्दिर बनाउन कम्मर कसेपछि घरपरिवार देखी वीरगन्जमा रहेका मित्र तथा व्यपारीहरुबाट समेत २५ लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त गरेको मुन्न सर्राफले जानकारी दिए ।

https://www.facebook.com/yatradaily/videos/244976706369005/?t=0

https://www.facebook.com/yatradaily/videos/694292157630650/?t=0

Back to top