वीरगञ्ज, २३ असोज । वीरगञ्ज महानगरपालिकाको बार्ड नम्बर ९स्थित रातो बगंलामा हृयुम पाइपले च्यापिएर मृत्युभएका बालकको परिवारलाई सांसद प्रदिप यावदले ५०हजार सहयोग प्रदान गर्नुभएको छ ।सांसद यादवले मृतक ७ बर्षिय रोहित चौधरीको जिरा भवानीपुुर गाउपालिका स्थित वार्ड नम्बर १महादेव पट्टी गाउको घरमै पुगी राहत सहयोग प्रदान गर्नुभएको हो ।आइतवार दिउसो घरमे पुगेर सांसद यादवले मृतक रोहित चौधरी प्रति श्रद्धान्जली व्यक्त गर्दै घटनामा सलंग्न कालिका निर्माण कम्पनिलाई जसरी पनि कार्यवाहि गराएर छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाले आफ्नो सांसदको तलब भत्ताबाट राहत सहयोग प्रदान गरेको बताउदै घटनामा घाइते बाल वालिकाहरुलाई उपचार खर्च र क्षतिपुर्ती दिलाउन संधर्षरत रहेको बताउनु भयो ।
पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष रहेका प्रदीप यादवले वीरगन्जको लालबंगला परिसरमा सोमबार साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका बालिकाहरुको उपचार खर्चका लागि आर्थिक सहयोग गर्नु भएको छ । बिएण्डबी अस्पतालमा उपचार गराइ रहेका साही गाउका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीलाइ गत मगंलबार बिहान अस्पतालमै पुगेर सांसद यादवले जनही २५÷२५ हजार रुपैया नगद सहयोग गर्नु भएको हो । यादवले उक्त रकम , बालिकाद्वयका बुबा गोविन्द चौधरीलाइ प्रदान गर्नु भएको थियो । त्यही घटनामा घाइते भइ वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइ रहेकी वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवलाइ पनि २५ हजार रुपैया पनिप्रदान गर्नभएको छ । दुखद घटनाले आफु स्तब्ध भएको बताउनु भएको छ । लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुखद घटना भएकाले यस्को सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनु पर्ने पनि उहाले बताउनु भएको छ । त्यहा लापरवाहीपुर्वक ह्युम पाइप थुपारेर राख्ने कालिका र ह्युम पाइप राख्न लगाउने दुवै पक्षलाइ कार्वाही गर्न पनि सांसद यादवले स्थानीय प्रशासनलाइ निर्देशन दिनुका साथै सरकारसंग माग पनि गर्नु भएको छ ।
।