×

यस क्षेत्रमा काम गर्ने स्थानीय एनजिओ र आइएनजिओलाई परिचालन गर्नु र संयोजन गर्नु सर्वेन्द्रको कुशलता थियो । उनका कार्यक्रममा स्थानीय क्लबहरूको बिशेष भूमिका हुन्थ्यो । बिद्यालयमा हुने कार्यक्रममा बिद्यालयका प्रिन्सिपल, शिक्षक सकृय हुन्थे । बाहिर सार्बजनिक स्थानमा भएका कार्यक्रममा गाँउ बिकास समितिका अध्यक्ष र पदाधिकारीहरू सकृय हुन्थे । बिभिन्ने क्लब, एनजिओ, आइएनजिओ र कल्याणकारी सँस्थाको सहभागिता र समन्वयमा कार्यक्रम हुन्थे । मधेशका चर्चित कलाकारहरू कार्यक्रममा आउथे । गायक सुनिल पण्डित, खेसरीलाल यादब, किरण बर्णवाल, बिजय गुप्ता, श्रीचन्दर चौरसिया, सरिता श्राफ लगायतका प्रशस्त स्थापित कलाकारहरूको गितमा झुम्दै, नाच्दै कार्यक्रमहरू सञ्चालन गरिन्थे । गितमा नाचेका स्थानीय दर्शकहरू सडक नाटकमा बाल बिबाहको पिडा देखेर रुन्थे । हाँसो र पिडाको बिचमा बाल बिबाह, बहु बिबाहको बिकृती, बालिका शिक्षा र सिप्टीको महत्वको बारेमा सबैले राम्रो शिक्षा पाउथे । यस्ता रमाइलोको नाम नै “सर्वेन्द्रको कार्यक्रम“ थियो । सर्वेन्द्रको कार्यक्रम हुने ठाँउको र उपस्थित हुने सम्वन्ध चर्चाको बिषय बन्थ्यो । यस्ता प्रशस्त कार्यक्रमहरू अहिले पनि युट्युबमा छन् । अहिले हेर्दा पनि उत्तीकै प्रभावकारी छन् । यी कार्यक्रमबाट अहिले पनि शिक्षा लिन सकिन्छ ।

महिला र बालिकाको पक्षमा उनको अर्को बिषेश ध्यान “खुल्ला दिशामुक्त क्षेत्र“ कार्यक्रम थियो । घरमा सिप्टी (शौचालय) नबनाउने र बिहानपुर्ब राती नै शौच बस्न जाने मधेशको प्रचलनमा उनले क्रुर प्रहार गरे । घरमा शौचालय नहुँदा मधेशका महिलालाई परेको पिडा संबोधन गर्न बिशेष पहल गर्नु उनको अर्को सफलता थियो । स्थानीयस्तरमा, स्थानीय कलाकारले स्थानीय समस्या समाधानको लागि कार्यक्रम भएकोले यसको प्रभाव धेरै पर्योथ । हालसम्म पनि छ भन्न सकिन्छ । प्रहरीको कारण मधेशका धेरै घरमा शौचालय बनेको अनौठो इतिहास उनको पालामा रचिएको छ ।

बिभिन्न बिधालयमा निरन्तर कार्यक्रम गरी बिधार्थी र प्रहरीको दुरीलाई घटाउनु उनको प्राथमिकता थियो । महिला र बालबालिकाको पक्षमा कार्यक्रममा सञ्चालन गरेर महिला अधिकारको पक्षपोषण गर्नु उनको ठुलो सफलता थियो । यो कार्यक्रमबाट समग्र प्रहरी बिधार्थी सम्बन्ध सुधारियो । बालिकाहरूले आफुलाई धेरै सुरक्षित महशुस गरे । सर्वेन्द्रले दिएको मोबाइल नंबर आफुसँग राखेर आफुलाई कुनै ठाउमा कुनै अनुचित ब्यबहार भयो भने त्यसको सूचना प्रहरीलाई दिने बिश्वासमा धेरै बालिकाहरू थिए र अझै छन् । केही महिला तथा बालिकाले अप्ठ्यारोमा सर्वेन्द्रलाई अहिले पनि फोन गरेको कुरा सुन्नमा आउने गर्छ ।

गत २०७२ सालको दशैको ठिक अगाडी कुबेतमा बेचिएकी एक युबतीले तत्काल उपत्यका अपराध महाशाखामा कार्यरत रहेको अवस्थामा तत्कालिन एसएसपी यिनै सर्वेन्द्र खनाललाई फोन गरेकी रहिछन् । सर्बेन्द्रको सकृयताले ती महिला नेपाल फर्किइन् । पछी दोषीलाई कारबाही भयो र उनले न्याय पाइन् । सोही तरिकाले हालसम्म पनि मधेशमा सर्वेन्द्र खनाललाई फोन गरे प्रहरीको तुरुन्त रेस्पोन्स पाइन्छ भन्ने भनाई छ । अप्ठ्योरोमा परेका केही महिला तथा बालिकाले सर्वेन्द्रलाई फोन गरेका पनि छन् । त्यो अप्ठ्यारोमा प्रहरीको भागमा पर्ने समस्या समाधानको लागि सर्वेन्द्रले कारबाही गरेको फेला परेको छ ।

महानिरीक्षक भएपछी के गरेको देखियो?

हाल काठमाडौ बस्ने सर्बेन्द्रले तत्काल जस्तो मधेशमा प्रतक्ष्यतस् काम गर्ने अवस्था भएन । उनले काठमाडौ र अन्य स्थानमा बोलेको र गरेको कुरा भने यहाँ बारबार आइरहन्छ । सर्वेन्द्रले भनेकाछन, अपराध अनुसन्धान प्रहरीको पहिलो कर्तब्य हो । यसमा कुनै कसर नछोड्नु । महिला तथा बालबालिका बिरुद्धका अपराधलाई बिशेष प्राथमिकतामा राखी अनुसन्धान गर्नु । यी अपराधहरू अन्य अपराध भन्दा फरक छन् । यस्ता अपराधमा बिशेष किसिमको ध्यान दिई अनुसन्धान गर्नु । देशमा शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न प्रहरीबाट कुनै मोलाहिजा र कमि कमजोरी भयो त्यो सुधार्ने अरु कोही हुदैन आदि आदि ।

ब्यबसायिकता र सदाचारिताको विकास गरेर नेपाल प्रहरीलाई दक्षिण एसियाकै एउटा नमूना प्रहरी बनाउने लक्ष्य उनमा देखिन्छ । यसको लागि महिला बिरुद्दका अपराधमा उनको बिशेष ध्यान छ । अहिले पनि प्रहरीले मानव बेचविखन तथा बाल यौन दुराचार लगायत सामाजिक अपराध नियन्त्रणका लागि आक्रामक अभियान चलाएको छ । धेरै गिरोह नियन्त्रणमा आइसकेको छन् । पछिल्लो समयमा इन्टरपोल मार्फत प्रहरीले मानव बेचबिखन मुद्दाका अभियुक्तलाई धमाधम पक्राउ गरेको छ । मानब बेचबिखन मुद्दामा फरार दम्पत्ती मीना लामा र श्यामकुमार लामा इन्टरपोल कुवेतको समन्वयमा पक्राउ परेका छन् । जबरजस्ती करणी गरी विदेश फरार भएका सिन्धुली मरिण गाउँपालिकाका ३१ वर्षीय सिंहलाल थिङ इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ परेका छन् । यी केही उदाहरणहरू हुन् ।

सर्वेन्द्रप्रति मधेशको गुनासो र बिश्वास

प्रहरी नेतृत्व र कर्मचारीबाट जनताका सबै अपेक्षा पुरा हुन अझै बाँकी छन् । तथापि, हरेक महिला तथा बालबालिका लगायत सबैले बुझ्नुपर्छ, प्रहरीको कार्य सफलता प्रहरीसँग मात्र सिमित हुदैन । समय, परिबेश, प्रहरीलाई प्राप्त जनताको सहयोग, प्राप्त श्रोत साधन, आफ्नै प्रयास र केही हदसम्म भाग्यले पनि उत्तिकै भूमिका खेल्ने गर्छ । सयौं कार्य गर्नुपर्ने प्रहरीको यदाकदा गल्ती हुन्छ । नेतृत्वले त्यसलाई कसरी लिइएको छ, सो महत्वेपुर्ण कुरा हो । केही अपबादस्वरुप घटनालाई इंगित गर्दै प्रहरीका सबै कार्यका दोष देखाइनु मात्र उचित होइन । प्रहरीका प्रसस्त सफलता छन् र केही असफलता पनि हुन्छन ।

छापामा आएको थियो, नेपाल प्रहरीले यो एक बर्षमा करिब १४ सय सत्तरी जबरजस्ती करणी मुद्दा चलायो । यस मध्य एउटा कञ्चनपुरको निर्मला पन्त जबरजस्ती करणी र हत्या निकै चर्चित रह्यो । एउटा असफल भयो भनेर सबैलाई त्यसरी नै मुछ्न मिल्दैन । एक जना अधिकृतले गलत गररेको कुरालाई सबैलाई दोषी देखाउने हो भने अरूलाई अन्याय हुन्छ । सर्वेन्द्रले आफैले निर्मलाका अभिभाबकलाई कञ्चनपुर र आफ्नै निबासमा भेटे । उनले भनेको छन्, कञ्चनपुर घटनामा नालायक प्रहरी कर्मचारीले गर्दा संगठन बदनाम भयो । तत्कालिन नेतृत्वले शिर निहुरिने बनाएको छ । त्यसको सत्य तथ्य खोजी गरिने नै छ । अपराध गर्ने प्रहरीले उन्मुक्ती पाउदैन । उसलाई अझ ठुलो कारबाही हुन्छ । राष्ट्र र जनताका लागि प्रहरी जस्तोसुकै मूल्य चुकाउन पनि तयार छ । अपराध नियन्त्रणमा कुनै सम्झौता हुदैन ।

लामो समय मधेशमा कार्यरत रहेका सर्वेन्द्र खनाल महिला तथा बालबालिकाप्रती संबेदनशिल छन् । मधेशमा बिश्वास छ, महिला र बालबालिकाप्रतिको कहिल्यै कम संवेदनशिल हुनेछैनन् । निर्मला काण्डमा कुनै प्रहरीको कुनियत छ भने त्यसलाई सर्बेन्द्रले कुहिएको आलु जस्तो फ्याक्नेछन । धनुषामा हुँदा आफ्नै डिएसपीको फुली थुतेका सर्वेन्द्रलाई यस्ता अपराधमा संलग्न कर्मचारीलाई फ्याक्न हचकिने कल्पना गर्नै सकिदैन । हतारको काम लतर पतर हुन्छ । त्यसैले प्रहरीलाई स्बतन्त्रपुर्बक अनुसन्धान गर्न दिऔ । हिजो मधेशको माटोमा अमिट नाम छाड्ने सर्वेन्द्रले अब देशभरी नै आफ्नो नाम चम्काउनेछन् ।

लेखक-डाक्टर गणेश रेग्मी नेपाल प्रहरीका प्रहरी उपरिक्षक हुन ।

Back to top