×

वीरगन्ज १ असोज । वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताललाइ केन्द्रिय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नत्ती गर्न माग गर्दै पर्साका सांसद र विधायकहरुले सरकारसंग माग गरेका छन् । आज संघीय सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाइ भेटेर पर्साका सांसद र विधायकहरुले नारायणी उपक्षेत्रीय अस्पताललाइ सरकारी मेकिडल कलेजका रुपमा स्तरोन्नत्ती गर्न माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन् । हाल तीन सय ३० शैयाको क्षमतामा सन्चालित नारायणी उपक्षेत्रीय अस्पताललाइ सात सय शैयाको विस्तार गरि यस अस्पतालाइ केन्द्रिय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नत्ती गर्न माग गर्दै स्वास्थ्यमन्त्रालयमा आज पुगेर स्वास्थ्यमन्त्री यादवलाइ ज्ञापन पत्र बुझाइएको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले बताउनु भयो । गत साउन २१ गते वीरुगन्जमा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारीको अध्यक्षता तथा पर्साका सांसद र विधायकहरुको उपस्थितीमा बसेको सर्वदलीय बैठकले नारायणी उपक्षेत्रीय अस्पतालाइ सात सय शैयामा वितर गरि केन्द्रिय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजका रुपमा स्तरोन्नत्ती गर्न सरकारसंग माग गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार आज पर्साका चार वटै निर्वाचन क्षेत्रका सांसद र विधायकहरु सम्मिलीत टोलीले स्वाथ्यमन्त्रालयमा गइ स्वास्थ्यमन्त्री यादवलाइ ज्ञापन पत्र बुझाएको हो । पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा स्वास्थ्यमन्त्रालयमा आज गएको टोलीमा पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तव , क्षेत्र नम्बर ३ का सांसद हरि नारायण रौनीयार , ४ का सांसद लक्ष्मणलाल कर्ण , नेकपाका सांसदद्वय पुष्पा कर्ण र शेख चाँद तारा , विधायक सिंहासन साह कलवार लगायतको सहभागीता रहेको थियो । ज्ञापन पत्र बुझदै स्वास्थ्य मन्त्री एंव फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नारायणी उपक्षेत्रीय अस्पतालको शैया थप र सेवा स्तरोन्नत्तीका लागि आफनो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिएको सांसद प्रदीप यादवले जानकारी दिनु भयो । सांसद यादवले नारायणी उपक्षेत्रीय अस्पताल अहिले पनि प्रदेश २ कै अग्रणी सरकारी अस्पताल रहेको भन्दै यस अस्पताललाइ सरकारी मेडिकल कलेज बनाउनका लागि आफु सहित पर्साका सम्पूर्ण जनप्रतिनिधीहरु लागी परेको बताउनु भयो ।

Back to top