×

वीरगञ्ज २८ भदौ । प्रदेश २ को एकमात्र महानगरपालिकाका मेयर विजय कुमार सरावगीले निर्वाचित भएको १ वर्ष नबित्दै पार्टीबाट राजिनामा दिएका छन् । संघिय समाजवादी फोरमको टिकटबाट निर्वाचित मेयर सरावगीले पार्टीको लाईन भन्दा माथि गएर आफनो स्वार्थ पुर्तिखाले काम मात्र गरेको ले केहिदिन देखि उनि र पार्टीका केहि नेता बिच बिवाद चल्दै आएको थियो । पार्टीका नेता तथा कार्यकर्तालाई उचित सम्मान र असहयोग मात्र गरेका कारण पार्टी भित्र उनिले गरेका कामको आलोचना मात्र हुने गरेको ले पार्टीको प्रेसर थेकन नसकि पार्टीको सधारण सदस्य समेत नरहने गरी उनी राजिनामा दिएका हुन् । स्रोतहरुका अनुसार केहि दिन पूर्व स्थानीय मकालु होटेलमा पार्टी नेताहरुबीच भएको छलफलमा मेयर सरावगीले काम गर्ने उपयुक्त वातावरण नबने पार्टी छाड्ने चेतावनी दिएका थिए । मेयर सरावगीले पार्टीका केन्द्रिय सदस्य समेत रहेका महानगरपालिका ईञ्चार्ज मोहन चौधरीलाई राजिनामा बुझाएका हुन् । पार्टीले मेयरको राजिनामा बारे औपचारिक रुपमा कुनै प्रतिकृया जनाएको छैन् । पार्टीका पर्सा जिल्ला अध्यक्ष समेत रहेका साँसद प्रदीप यादवले मेयरले राजिनामा दिएको जता तेतै मेयर सरावगी हल्ला गरेर हिडेका छन तर आफूलाई कुनै जानकारी नरहेको बताए । ‘राजिनामा दिएको कुनै पत्र पार्टी कार्यालयमा प्राप्त भएको छैन’ मेयर सरावगीले यदि राजिनामा नै दिनेहो भने यत्रो नाटक किन पत्रकार सम्मेलन गरेर दिए हुन्छ नि उनको नाटक मात्र हो । उनिले गरेको कतुत पार्टीले छानबिन गर्न थाले पछि आफनो कर्तुत लुकाउन उनि यो सब नाटक गरेका हुन । उनले भने, पार्टीबाट राजिनामा दिएको पत्र आफुलाई प्राप्त नभएको प्रतिकृया दिए । मेयर सरावगीले वाटसबमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ । फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँछन् । बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दासरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ । नगर अध्यक्ष ईश्वर यादवले कार्यव्यस्तताको कारण नगर प्रमुखले ध्यानाकर्षण पत्र बुझ्न समय दिन नसकेको बताए । ‘मधेस आन्दोलनको भावना र जन चाहना अनुसार महानगरको विकास हुनुपर्छ भन्ने नगरसमितिको ठहर छ । त्यसैले नगर प्रमुखलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेका थियौं’ यादवले यात्रा डेलीसँग भने ‘नगर प्रमुखले व्यस्तताका कारण समय दिन सक्नुभएन । समय दिएपछि लगेर बुझाउँछौं ।’ सरावगी फोरमबाट महानगरको मेयर बन्ने एक्ला नेता हुन् । स्थानीय तहको चुनाव हुनु भन्दा केहि अगाडी उनी उद्योगी व्यवसायीहरु सहित फोरम नेपालमा प्रवेश गरेका थिए । पर्सा जिल्ला संगठनमा , स्थानीय तह, प्रदेश सभा र साँसदहरुबीच व्यापक मतभेद देखिएको छ । पर्सामा फोरम नेपालले तीनै चरणको चुनावमा राम्रो नतिजा ल्याएको छ ।

Back to top