×

वीरगन्ज २९ भाद्रौं । संघीय समाजवादी फोरम नेपालबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले आज एक कार्यक्रम विच पर्साको वीरगन्ज महानगरपालिका स्थित नरायणी उपक्षेत्रिय अस्पतालमा एक थान एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

नरायणी उपक्षेत्रिय अस्पतालमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद प्रदीप यादवले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकास आफ्नो प्राथमिकता रहेका बताएका थिए । उनले पर्साको नगर तथा ग्रामिण क्षेत्रलाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको नरायणी उपक्षेत्रिय अस्त्पतालले आफुद्वारा हस्तान्तरण गरिएको एम्बुलेन्सको सहयोगबाट सेवाग्राहीहरुलाई थप सुविधा पुग्ने आशा व्यक्त गरे ।

प्रदीप यादवकै प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले मधेसको समृद्धिका लागि शिक्षा र स्वास्थ्य अपरिहार्य रहेकोले आफ्नो प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रको विकास रहेको बताउदै सदनमा समेत आफुले यस क्षेत्रको विकासका लागि पटक पटक आवाज उठाउदै आएको जानकारी गराए ।

Back to top