×

वीरगञ्ज २० भदौ । स्नातक तहको परीक्षा र नयाँ भर्नाको मुखमा भएको बेला भदौ १४ गते देखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा तोडफोड गरि बन्द गरिएको क्याम्पस आज देखि खुलेको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेता प्रभाकर गुप्ताले बताएका छन ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएपछि बनेको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीहरुले भदौ १४ गते देखि क्याम्पसमा तोडफोड गरि क्याम्पस बन्द गरेका थिए ।

स्नातक तहको भर्नालाई मध्यनजर गर्दै वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको लेखा र स्टोरमा लगाइएको ताला कातिक ३० गते सम्मको लागि स्नातक तहको परीक्षा र नयाँ भर्ना खोलिकोे नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेता प्रभाकर गुप्ताले बताए ।

भदौ १४ गते छात्रवृत्ति बितरणको बेला क्याम्पस प्रशासनले सोही विषयमा छलफलका लागि बोलाएकोमा सहमति नबनेपछि उत्तेजित अनेरास्ववियूका विद्यार्थीले क्याम्पसमा तोडफोड मच्चाएर क्याम्पस बन्द गरेका थिए ।

यता क्याम्पसमा सक्रिय सबै विद्यार्थी संगठन कुनै न कुनै उद्देश्यबाट माफियाको निर्देशनमा यस्ता गतिबधिमा लागेको पाइन्छ । विद्यार्थी हकहतिको आवरणमा वैयक्तिक स्वार्थको दूनो सोझ्याउन पल्किएका विद्यार्थी समूह र तिनका नेताको हर्कतले यो क्याम्पसको शिक्षण र छविमा आँच पुगेको भन्दै विद्यार्थीहरुले चिन्ता व्यक्त गरेका छन् ।

Back to top