×

वीरगंज, २० भदौ वीरगञ्जका केही राजनीतिक संरक्षण प्राप्त व्यवसायीले भैरहवा र गौर भन्सार कार्यालयबाट व्यापाक तस्करी गराइरहेको पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले बताएका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै सांसद रौनियारले वीरगञ्ज भन्सार आइसीपी र सुक्खा बन्दरगाहमा केन्द्रित भएपछि सो गिरोह ती नाकातिर गएर तस्करी गरिरहेको बताएका हुन् । भन्सारबाट गएका गाडी राजश्व छलिएकोमा कारवाहीमा परे पनि भन्सारका कर्मचारीलाई किन कारवाही नगरिएको भन्दै उनले सरकारले नै तस्करीलाई संरक्षण दिएको आरोपसमेत लगाए । सांसद रौनियारले वीरगञ्ज रक्सौल मितेरी पुलको मर्मतका लागि सरकारको ध्यानाकर्षण पनि गराए । प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाअन्तर्गत पर्साका ४ गाउँपालिकामा तरकारी खेतीमा नाममा ३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै सांसद रौनियारले अख्यिार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानविनको माग समेत गरे । पर्साको सदमुकाम वीरगञ्ज ठोरीबाट ७० किलो मीटर दुरीमा रहेको भन्दै उनले ग्रामीण क्षेत्रका जनताको सहजताका लागि जिल्ला प्रशासन र प्रहरी कार्यालय जिल्लाको मध्यभागमा पर्ने पोखरियामा राख्न आग्रहसमेत गरे ।

https://www.facebook.com/yatradaily/videos/2175014399383375/?t=7

Back to top