×

वीरगंज १५ भदौ - नेपाल सरकारको गलत रवैयाको कारण वीरगंज महानगरपालिका–२५ अलौं, श्रीसियाका सयौं बासिन्दा मर्कामा परेका छन् ।

आइसिपी र सुक्खा बन्दरगाहबीच रहेको श्रीसिया गाउँका सम्पूर्ण घरजग्गा नेपाल सरकारले रोक्का गरेपछि स्थानीय मर्कामा परेका छन् । सुक्खा बन्दरगाहदेखि पश्चिम, पदमरोडदेखि दक्षिण तथा आइसिपी सडकदेखि पूर्वको बस्ती स्थानान्तरण गर्ने योजना अनुसार नेपाल सरकारले २०७४ माघ २५ गतेदेखि रोक्का राखेको छ ।

नेपाल सरकारले सो क्षेत्रको घर जग्गा रोक्का गरेपछि जग्गा बिक्री वितरण वा निर्माण कार्यसँगै बैंकमा पनि कारोबार गर्न नपाउने भएकोले स्थानीयहरू पीडा पोख्न थालेका छन् । ६ महिना बितिसक्दा पनि सरकारले ठोस निर्णय नगरेको कारण केही व्यक्तिको छोरीको बिहेबारी पनि रोकिएको स्थानीय आशिक अन्सारीले बताएका छन् ।

बैंकको ब्याज तिर्न नसकेर जग्गा लिलाम भइरहेको छ । जग्गा फुकुवा भएको भए बिक्री गरेर बैंकको भुक्तानी दिन सकिन्थ्यो । तर अलपत्र परेको अन्सारीले बताए । सो क्षेत्रमा ६२ बिघा जग्गा नेपाल सरकारले जग्गा प्राप्ति ऐन २०३४ अनुसार रोक्का राखेको देखिन्छ । केही स्थानीयको घर जीर्ण भएको र मरम्मत गर्न खोजे पनि घर निर्माण, मरम्मत गर्न नसकिएको बताएका छन् ।

यस विषयमा सुक्खा बन्दरगाह प्रमुख सूर्य सेढाईंले आपूmबाट हुने सम्पूर्ण प्रक्रिया पु¥याई जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताए । जग्गाको पहिचान, जग्गाधनीको नाम, जग्गाको विवरणसमेत मालपोत, नापी शाखाबाट सङ्कलन गरी मूल्याङ्कनको लागि जिल्ला प्रशासन कार्यालयमार्पmत नेपाल सरकारलाई दिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले एक साताभित्र प्रक्रिया शुरु हुने जानकारी गराए । आवश्यक परे सम्पूर्ण कागजात जिप्रकामा आएको र नेपाल सरकारसँग मुआब्जाको विषयमा केकति निर्धारण गर्ने विषयमा उपसमितिसमेत निर्माण गर्न नेपाल सरकारलाई पत्राचार गरिएको उनले जानकारी गराए ।

Back to top