×

वीरगन्ज १० भदौ - प्रदेश नम्बर दुईको सरकारले जनैपुर्णीमाको अवसरमा दिएको सार्वजनिक विदालाई प्रदेश भित्रका अधिकांश कार्यालयहरुले वेवास्ता गरेका छन । जिल्लाको प्रमुख कार्यालयको रुपमा रहेका जिल्ला प्रशासन कार्यालयहरुले नै प्रदेश सरकारले गरेको विदाको वेवास्ता गरेको हो ।

भदौ १ गते लागु भएको देवानी कार्य्विधी संहिताको दफा ५१ को स्पष्टिकरणले प्रदेश सरकारले समेत सार्वजनिक विदा दिन सक्ने स्पष्ट कानूनी व्यवस्था गरेको ले त्यो दिनलाई प्रदेशमा रहेका सम्पुर्ण निजी तथा सरकारी वितिय संस्था र सरकारी कार्यालय अदालत बन्द गर्नु पर्ने प्रावधान रहेको छ । 'तर सरकारी कार्यालयका कर्मचारीहरु कार्यालय बन्द गर्न नमानेकोले पहिला राष्ट्रिय बैक कार्यालय जनकपुरमा म आज ताल्चा हान्दै छु र अन्य सरकारी कार्यालयमा पनि ताल्चा हान्ने छु', मुख्य मन्त्रि राउतले भने ।

जिल्ला प्रशासन कार्यालय संघिय सरकारको मातहतमा रहेकोले गृह मन्त्रालयको परिपत्रको अधारमा मात्रै विदा मान्ने पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताउनु भयो ।

यता प्रदेश नम्बर दुईका मुख्य मन्त्रि लालबाबु राउतले भने जिल्ला प्रशासन कार्यालयहरुले नै प्रदेश सरकारले गरेको विदाको वेवास्ता गरेर संघियतालाई कमजोर बनाउने नितीमा लागेका छन प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु ।

निजी तथा सरकारी वितिय संस्थाले पनि प्रदेशको विदा मानेका छैन्न । वीरगन्जका वाणिज्य तथा विकाश बैंकहरु राष्ट्र बैंकको निर्देशन अनुसार मात्र विदा मान्ने जनाइरहेका छन् । प्रदेशको विदाको बढी प्रभाव सरकारी गैरसरकारी विधालय, यातायात व्यवस्था कार्यालय तथा स्थानिय तहका कार्यालयहरुमा मात्र देखीएको छ ।

बाकी कार्यालयहरु समान्य जस्तै खुल्ला हुने गरेका छन् । प्रदेश सरकारले गर्ने विदाको विषयमा कार्यालयहरु बीच नै अन्यौलता देखिनु अझैपनि संघियता कार्यान्यवनमा चुनौती रहेको जानकारहरु बताउछन् । प्रदेश भित्रका सबै कार्यालय र संस्थानले प्रदेश सरकारको निर्देशन मान्नु पर्नेमा अझैपनि संघिय सरकार कै निर्देशन चल्नु संघियतालाई कमजोर बनाउने निती मात्र भएको कानुन विदहरुले बताएका छन् ।

Back to top