×

वीरगंज, ७ भाद्रौं - चार पाङग्रे हलुका सवारी सवारी साधनको सर्भिसिङगको लागि वीरगंजमा दुई करोडको लगानीमा आधुनिक मेसिन जडान गरिएको सुविधा सम्पन्न नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएको छ । जापनिज कम्पनि सुजुकी ब्र्याण्ड गाडिको नेपालस्थित आधिकारिक विक्रेता सिजी मोटोकर्पको वीरगंजस्थित डिलर रौनक अटो केयर प्रालिले पावरहाउस नजिक सर्भिस सेन्टर शुरु गरेको हो।

सेन्टरको उद्घाटन चौधरी समुहका कार्यकारी निर्देशक करण चौधरीले गर्दै वीरगंज आसपासको बजारलाई मध्यनजर गर्दै आधिकारिक सर्भिस सेन्टर रौनकलाई नियुक्त गरी सञ्चालनमा ल्याएको बताए ।

करिब चार कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको आधुनिक सर्भिस सेन्टरमा एकै साथ १५ वटा गाडीलाई ह्यान्डल गर्न सकिने व्यवस्था छ। सुजुकीको मापदण्ड अनुसार सुजुकी एडभान्स् डाएग्नोस्टिक सिस्टम (एसडिटी) सहित सम्पूर्ण उच्च स्तरीय उपकरणहरु उपलब्ध छन्।

सेन्टरको आफनै २ बे बडि शप एवं इन्जिन रिपेयर शपको साथै स्पेयर पार्ट्सका लागि बृहत् स्टोरेज स्पेस रहेको रौनक अटो केयरका सञ्चालक राजेश कुमारले बताए। उनले ग्राहकलाई गुणस्तरीय तथा तीव्र सेवा प्रदान गर्ने प्रतिबद्धता गरे।

Back to top