×

वीरगन्ज १ भदौ - वीरगन्जको अलौ सिर्सियास्थित एकीकृत जाँच चौकी (आईसीपी) मा मालसामान ढुवानी गरेर नेपालबाट फर्किएका भारतीय ट्रक चालकसँग वीरगन्ज महानगरपालिकाका ठेकेदारले जबरजस्ती शुल्क लिने गरेका छ । एकीकृत जाँच चौकी भन्सार कार्यालयबाट भारततर्फ जाने खाली गाडीलाई आईसीपीको गेट बाहिर वीरगन्ज महानगरपालिकाको पटके कर लिन बसेका ठेकेदारका कर्मचारीले जबरजस्ती पार्किङ शुल्क लिरहेका छन ।

आईसीपी सञ्चालनको जिम्मा लिएको नेपाल इटर मोडल यातायात कम्पनी (एनआईटिबिएल) आईसीपीका प्रमुख हेमेन्द्र मोहन शाहीले भने आईसीपीको जग्गामा महानगरपालिकाकाले कर लिन नमिल्ने भए पनि ठेकेदारले जबरजस्ती गर्नु राम्रो नभएको बताए ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५,७६ बाट पटके सवारीको नाममा ठेक्का लगाएको र वीरगन्ज महानगरपालिकाबाट बाहिरिने गाडीलाई फेरि फर्किने बेलामा पनि पटके सवारी कर लिने तर, वीरगन्ज महानगरपालिकाभित्रैबाट फर्किने सवारी साधनसँग कुनै शुल्क लिन नपाउने जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुषालले पटके सवारी कर वीरगन्ज महानगरपालिका भन्दा बाहिरबाट फर्किने सवारी साधनसँग मात्रै लिन पाइने व्यवस्था भएको बताए पनि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुषाललाई पनि यस पार्किङ शुल्कबाट मोटो कमिश्न पाउने भएकोले भुषाल चुप लागेको उनकै महानगरपालिका कार्यालयका कर्मचारीहरु भन्ने गरेका छन ।

भारतको स्वतन्त्रता दिवस परेकाले भारततर्फको आईसीपी बन्द भएर रोकिएका सवारी साधनका चालकसँग ठेकेदार पृथ्वीतारा कन्स्ट्रक्सन वीरगन्ज–१० का कर्मचारीले पार्किङ शुल्क भन्दै जबरजस्ती रकम असुल लिएका छन । भारतीय नम्बर युके ०६ बि २२८३ नम्बरका गाडी चालकले भने, “जबरजस्ती हामीसँग पैसा मागे, दिन्नँभन्दा मान्छे बोलाएर पिट्छु भन्ने धम्की दिएपछि पैसा बुझाउन बाध्य भयौं ।” पटके सवारी कर लिन बसेका युवाले एक सय रुपैयाँको रसिदमा पाँच सयसम्म लिने गरेको उनीहरूको गुनासो छ । आईसीपीले किनेको जग्गामा गाडी पार्किङ गरे पनि ठेकेदारले डर धम्की दिँदै पार्किङ शुल्क उठाएकोे चालकहरू बताएका छन । केहि दिन पहिला जबरजस्ती र डरधम्की दिएर रकम असुल गर्न खोजेपछि त्यसको विरोधमा भारतीय चालकहरूले सडकमै गाडी राखेर चक्का जाम गरेका थिए । उनीहरूले समस्या समाधान नगरे आपूmहरू वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा गुनासो गर्न जाने चेतावनी दिएका थिए ।

Back to top