×

वीरगन्ज १ भदौ स्वःसुबोध सिंह फोटो पत्रकारिता पूरस्कार २०७५ वीरगन्जका फोटो पत्रकार पंकज श्रेष्ठलाई आज एक कर्यक्रमबा बीच वितरण गरिएको छ । सुबोध सिंह स्मृति प्रतिस्ठानले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर २का भौतिक पूर्वधार विकास मन्त्रि जितेन्द्र सोनलले नगद २५ हजार र कदर–पत्रले फोटो पत्रकार श्रेष्ठलाई सम्मानित गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि सोनलले नेपाली पत्रकारिताको विकासमा फोटो पत्रकारिताको विशेष महत्व रहेको विचार व्यक्त गर्नु भयो । उहाँले नेपालको जन आन्दोलन, मधेस आन्दोलन लगायतका अधिकार प्राप्तीको आन्दोलनलाई निशकर्षसम्मा पु¥याउन फोटो पत्रकारिताले महत्वपूण भुमिका निर्वाह गरेको बताउनु भयो ।

उहाँले नेपाल सरकारले आज देखी लागु गरेको मुलुकी अपराध (संहिता) ऐन २०७४ का वारेमा आमजन्तासंग व्यपाक छलफल गरी ऐनमा भएको व्यवस्था वारे जानकारी गराउनुको साथै ,ऐनमा भएका तृटीलाई सच्याउदै अगी बढ्न आवस्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले लागु गरिएको ऐन वारे जनतालाइ पूर्णरुपले जानकारी नगराए यसको सुखद परिणाम आउन कठिन रहेको टिप्नी गर्दै मन्त्रि सोनलले ऐन वारे व्यवापक बहस गराउन नेपाल सरकारलाई अपिल गर्नुभयो ।

सुबोध सिंह समृति प्रतिष्ठानकी अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधी सभाका सदस्य प्रदीप यादव, नेपाली काँग्रेस पर्साका अध्यक्ष अजय कुमार द्विवेदी, नेकपा पर्साका जिल्ला इन्र्चाज प्रभु हजरा,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जार लगायतका वक्ताहरुले फोटो पत्रकारिता माफर्त समाज रुपान्त्रणमा स्वःसुबोध सिंहले पु¥याउनु भएको योग्दानको चर्चा गर्नुभएको थियोे ।

Back to top