×

वीरगन्ज १ भदौ - आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी पर्सा शाखाले पनि आफनो पहिलो बार्षिय उत्सव शुक्रबार वीरगन्जमा मनाएको छ । वीरगन्जको गिता मन्दिर रोडमा रहेको शाखा कार्यालयमा ईन्स्योरेन्स कम्पनीका प्रदेश २ का प्रमुख नरेश प्रसाद कुर्मीले केक काटेर वार्षिक उत्सव मनाएका हुन ।

वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कुर्मीले हरेक नेपालीले जिवन विमा गरी आफू र आफनो परिवारको भविष्य सुनिश्चित गर्न आग्रह गरे । प्रदेश प्रमुख कुर्मीले आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीले सम्पूर्ण नेपालीको जिवनको आर्थिक सम्मुन्नतिको अभिभारा लिएर नेपाली बजारमा आएको हुनाले जिवन विमा गरी आफनो दायित्व निर्वाह गर्न प्रदेश वासीलाई सुझाव दिए ।

उनले भने विश्व समुदायले विमा प्रति चनाखो भएको र यस अनलाईनको युगमा नेपाली जनता विमा प्रति उदासिन हुन राम्रो संकेत होईन । त्यसैले जिवनमा आईपर्ने आपदाबाट बच्न र जिवनको जिम्मेवारीलाई पूर्णता दिन आईएमई विमाको सुरक्षा लिन आग्रह समेत गरे । वि.सं. २०६५ आश्विन १५ गते दर्ता भइ २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा ल्याएको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीको चुक्ता पूँजी १.४ अर्ब रहेको छ भने आइपिओमा गएपछि सो पूँजी २ अर्ब पु¥याइने लक्ष्य रहेको छ । आफ्ना ग्राहकवर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसायअनुकुलको समाधान दिनु कम्पनीको लक्ष्य रहेको छ । शाखा प्रमुख निराजन कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका प्रशासन तर्फका राहुल कुमार सोनी, एजेन्सी म्यानेजर सुरेश कुमार बादल, लगायत कम्पनीका अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

Back to top