भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

44

Share
  •  
  •  
  •  

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स)मा उपचारारत वाजपेयीको बिहीवार साँझ निधन भएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

लामो समयदेखि मृगौला र अन्य स्वास्थ्य समस्याको उपचार गराईरहेका उनको बिहीवार पाँच बजेर पाँच मिनेट जाँदा निधन भएको अस्पतालले बताएको छ ।
पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्थाका बारेमा भारतभरी नै निकै चासो दिइएको थियो ।

भारतीय जनता पार्टी (विजेपी)का ९३ बर्षीय नेता गत जुन ११ देखि एम्स अस्पतालमा उपचाररत थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, नेशनल कन्फरेन्स प्रमुख फारुख अब्दुल्लाहलगायतका नेताहरुले वाजपेयी रहेको अस्पताल पुगी उनको स्वास्थ्यस्थितिथबारे जानकारी लिएका थिए ।

सन् १९२४ डिसेम्बर २५ मा जन्मिएका वाजपेयी १९९६, १९९८ र १९९९ गरी भारतको तीन पटक प्रधानमन्त्री बनेका वाजपेयी भारत रत्नबाट सम्मानित भएका थिए । प्रधानमन्त्रीका अलावा उनी लोकप्रिय कवि, वक्ता र समावेशी राजनीतिका पर्याय थिए ।

उनी भारतको दोस्रो लोकसभा देखि १४ औं लोकसभासम्म १० पटक विजयी भएर चुनिएका थिए । पहिलो पटक प्रधानमन्त्री बनेका उनले संसदमा बहुमत पुर्याउन नसक्दा जम्मा १३ दिनमा राजीनामा दिनु परेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here