×

वीरगन्ज ३० साउन - वीरगन्जको बाणिज्य कार्यालयले बुधबार वीरगन्ज रानीघाटको तिन वटा पसलमा छापा मारेको छ । छापा मारेको देखे पछि रानीघाटको समपूर्ण पसल बन्द गरेर ब्यपारीहरु भागा भाग भएका थिए ।

वीरगन्जको बाणिज्य कार्यालयबाट अनुसन्धान अधीकृत नेतृत्वमा आएको टोलीले वीरगन्ज रानीघाटको वृन्दावन सप्लनयर्स ,चामल ब्यपारी पन्नालाल साहको पसल र हरिओम किराना काशी जी (मोछो)को पसलमा छापा मारेको रानीघाटका स्थिानिय पुनम गुप्ताले बताएका छन । हरिओम किराना काशी जी (मोछो) को पसलबाट केहि गुणस्तरहिन समान बरामद गरि बाणिज्य कार्यालयले लगेको छ ।

पन्नालाल साह वीरगन्जका चामलका थोक ब्यपारी ,हरिओम किराना र वृन्दावन सप्लनयर्स किराना आईटमका थोक ब्यपारी हुन ।

यता वृन्दावन सप्लनयर्सका संचालक कन्हैया गुप्ताले छापा मार्न आएको हो तर हाम्रो पसलमा गुणस्तरहिन चेकजाच गरे केहि न भेटेको ले बाणिज्य कार्यालयका कर्मचारीहरु र्फकेका थिए बताए ।

रानीघाटको वृन्दावन सप्लनयर्स ,हरिओम किराना र चामल ब्यपारी पन्नालाल साहले गुणस्तरहिन माल समान बेचेको गोप्य सूचना आएपछि छापा मारेर कारोबार गरिएको आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अनुसन्धान अधिकृतले बताए ।

Back to top