×

वीरगंज, २९ साउन, उपभोक्तालाई कमसल गुणस्तरको सिमेन्ट बेच्ने चाचान ग्रुपको नारायणी सिमेन्ट उद्योग प्रालिले आफ्ना केही कर्मचारी र बिक्रेतालाई भने विदेश शयर गराएर अश्लिल नृत्य देखाएको छ । गुणस्तर तथा नापतौल विभागले नारायणी सिमेण्टको त्रिशक्ति र बज्रशक्ति सिमेन्टको उत्पादनमा रोक लगाइरहेका बेला उद्योगका सन्चालक सतिस चाचान भने गुणस्तरहीन सिमेण्टबाट आएको पैसा विदेश सयरमा बगाउँदै थिए । गुणस्तरमा कमजोर भएपछि बिक्रेतालाई विदेशमा मनोरन्जन दिलाएर बजार विस्तारको उपायमा जमेर लागेको भेटिएको छ ।

आफूलाई वीरगन्जको नम्बर वान उद्योगपति र समाजेवी भन्न मन पराउने बाबुलाल चाचानको ग्रुपको बदमासीसँगै अहिले सो औद्योगिक ग्रुपले उपभोक्ता ठग्न अपनाएका काइते तरिकाबारे थप रहस्यहरु खुल्दै जान थालेका छन् । गुणस्तरहीन सिमेण्ट बेच्ने प्रमाणि भएको यो उद्योग बाबुलालका भतिजा सतिसले हेर्छन् ।

सतिसले कमसल उत्पादन बजारमा पठाउने, तर झूठो बिज्ञापन र बिक्रेतालाई विभिन्न प्रलोभनमा लोभ्याएर गुणस्तर नभएको सिमेन्ट बेच्न लगाइरहेको खुलासा भएको छ । उनले आफ्नो सिमेन्ट जति कमसल भए पनि बढी सिमेन्ट बेच्ने डिलर, बिक्रेता र केही कर्मचारीको टोलीलाई यही अगस्तको सुरुमा १ हप्ताको विदेश सयर गराएका छन् ।

एक हप्तासम्म सिंगापुर, मलेसिया र दुवई भ्रमणमा सतिस आफैं पुगेर गुणस्तरहीन सिमेन्ट बेच्ने बिक्रेता र बजारमा खटिने केही कर्मचारीलाई मनोरन्जन गराएका छन् । र सतिस आफैले पनि भरपुर मनोरन्जन लिएका छन् । उनले त्यसक्रममा अनधिकृत कमाइमा अश्लिल नृत्य कर्मको मनोरन्जनसमेत दिलाएको भेटिएको छ । यस्ता दृष्यहरु उनकै बिक्रेता र कर्मचारीहरुले आफ्नो फेसबुक पेजमा राखेका छन् ।

गुणस्तर विभागले तोकेको मापदण्डभन्दा कम गुणस्तरको सिमेन्ट बेचेको ठहर भएपछि विभागले उद्योगको गुणस्तरको प्रमाणलाई रोक्का गरेको छ । गुणस्तर स्थगन भएपछि उत्पादन र बिक्री गर्न नपाइने भएता पनि अहिले बजारमा त्रिशक्ति र बज्रशक्ति ओपिसी÷पिपिसी सिमेन्ट खुलेयाम बिक्री भइरहेको छ ।

[video width="3840" height="2160" mp4="http://yatradaily.com/wp-content/uploads/2018/08/VID20180814102450-1.mp4"][/video]

Back to top