×

वीरगंज, २८ साउन । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । बैठकले जिल्ला कार्यसमितिको सह सचिवमा मुकेश द्विवेदीलाई चयन गरेको छ । त्यसैगरी बैठकले ईश्वर यादवको अध्यक्षतामा १०५ सदस्यीय महानगर कार्यसमिति गठन गरेको छ । महानगर समितिको उपाध्यक्षमा घनश्याम गुप्ता, प्रकाश शर्मा, लखन साह कानु, सचिव निरन्जन पटेल, सहसचिव सद्दाम हुसेन, कोषाध्यक्ष सजन अग्रवाल, सदस्यहरुमा हरेन्द्रप्रसाद कुर्मी, रन्जन मिश्रा, सन्तोष साह, बाबा पटेल, विकाश चौधरी, भरतभूषण पाण्डे, शेखलाल महम्मद, सादिद ठकुराई, सन्तोष वर्णवाल, अमृता झा, दीपक साह कानू, सन्तोष साह कानू, कुमार बन्धु रुपाखेती, किरण श्रेष्ठ, जयशिव हरलालका, राजेन्द्र ठाकुर, हिरालाल राम, प्रभु महतो, सन्तोष महतोलगायत रहेका छन् । जिल्ला अध्यक्ष एवं माननीय सांसद प्रदीप यादवको अध्यक्ष्Fतामा सम्पन्न बैठकमा उपाध्यक्ष एवं प्रदेशसभा सदस्य अब्दुल रहिम, मन्जुर अन्सारी, सुन्दरप्रसाद कुर्मी, सचिव नागेन्द्रप्रसाद यादव, केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज वीरेन्द्र यादव, मोहनलाल चौधरीलगायतको उपस्थिति थियो ।

Back to top