×

बीरगन्ज २८ साउन पर्साको स्थानिय तहहरुमा विकाश बजेटलाई कसरी पचाउने भने प्रतिस्पर्धा नै चलेको छ । जिल्लाको सखुवा प्रसौनी , पकहा मैनपुर गाउपालिकामा लाखौ रकम गोप्यरुमा औपचारिकता पुरागरि बजेट पचाउन खेल उजागर भएको घटना सेलाउन नपाउदै बिन्दवासनी गाउपालिकामा पनि सोहि प्रवृतीको घटना उजागर भएको छ । स्थानिय तहहरुमा एकपछि अर्को भ्रष्टाचारको नमुना देखिन थालेपछि आमजनता सशंकित भएका छन् ।

बिन्दवासनी गाउपालिका अध्यक्ष र उपाध्यक्षको अनुपस्थितीमा कर्मचारीहरुले ५ लाखको हाजरी जवाफ प्रतियोगिता गोप्यरुपमा गरिरहदा पत्रकारहरु पुगेपछि असारमै हुनु पर्ने कार्यक्रम अहिले गरेर बजेट पचाउने खेल मात्र भएको खुलासा भएको हो ।

सोमबार बिन्दवासनी गाउपालिकाको बहुअर्वा मावि प्रंगणमा दिउसोको तिन बजे पुग्दा त्याहा केहि शिक्षक र विधार्थी लाई जम्मा गरिएर फोटो खिच्चने काम भइरहेको थियो । पत्रकारहरुको टोली पुग्दा त्याहा भएका शिक्षक र गाउपालिका कर्मचारी चकित भएका थिए । त्यहापुगेपछि थाहा भयो, गाउपालिकाको ५ लाखको लागतमा हाजरी जवाफ प्रतियोगिता हुदै छ , तर कार्यक्मको नाम र बिषय अंकित बैनर कतै देखिएन् । कार्यक्रमको नाममा विधार्थी शिक्षक र कर्मचारीगरि तिन दर्जनको जमघट गरिएको थियो । बुझदै जादा यो कार्यक्रम असार मसान्त मै भएको भनेर चेक काटिसकिएको छ । कार्यक्म असारमा नभएकोले गोप्यरुपमा साउनमा गरिरहेको सुचना आएपछि त्याहा संचारकर्मी पुगेका थिए ।

पहिला नै चेक काटिसकिएको र रकम पचाउन औपचारिक्ता मात्र पुरागर्ने उदेश्यले वडा नम्बर दुईका अध्यक्ष संजयप्रसाद चौहान तथा सचिव राकेश साहको संमयोजनमा कार्यक्रम राखिएको स्थानियले बताएका छन् । कार्यक्रमबारे गाउपालिकाका कार्यकारी अधिकृत राज कुशवाहाले सबै तैयारी तथा कर्मचारी निर्देशन गरेको समाचार श्रोतले जनाएको छ । तर कार्यकारी अधिकृत कुशवाहाले यसबारे आफुलाई केहि थाहा नभएको तथा साउन १५ गते नै आफनो सरुवा भइसकेको प्रतिकृया दिएका छन् । तर स्थानियका अनुसार कार्यकारी अधिकृतको सरुवा भएपनि हाल सम्म उनले रवाना बुझेका छैन्न ।

बिन्दवासनी गाउपालिकाका समाजिक विकाश शाखा प्रमुख रामप्रवेश साहले कार्यक्रम असार मशान्त भित्रै सकनु पर्ने स्विकार्य गरे । कार्यक्रम बारे आफुलाई पनि खासै थाहा नभएको उनले बताए । गाउपालिका अध्यक्ष श्रीलाल मोदी भारतमा रहेको मौका छोपी कर्मचारीहरुले बदमासी गरेको स्थानियको आरोप लगाएका छन् । खुलेयाम अनियमितता भइरहेको अवस्थालाई नियंत्रण गर्न दोषीलाई कार्यवाही हुनु पर्ने गाउपालिकाका वासिन्दाले मांग समेत गरेका छन् ।

Back to top