×

वीरगन्ज २७ साउन वीरगंज–पथलैया ६ लेन सडक निर्माण शुरु भएको दुई वर्षभित्र ५० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न भएको छ ।

सडक सीमा अतिक्रमण तथा वर्षाको कारण निर्धारित समयमा सडक निर्माण काम पूरा नहुने आशङ्का गरिएको व्यापारिक मार्ग विस्तार योजना, वीरगंज–पथलैया ६ लेन सडक कार्यालय पथलैयाका सूचना अधिकृत इ. सौम्या आनन्दले बताइन् ।

६ लेन सडक निर्माण २०७३ असार २९ गते शुरु भएकोमा २०७५ पुस २८ गते (तीस महिना) भित्र पूरा गर्ने कार्ययोजना छ तर दुई वर्ष (२४ महिना)मा सो सडकको पूर्वाधार निर्माण पचास प्रतिशत भएको छ भने बाँकी ६ महिनामा काम पूरा नहुने देखिन्छ ।

व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया) अन्तर्गत पथलैया–परवानीपुर–श्रीसिया सुक्खा बन्दरगाह, एकीकृत चेकपोस्टसम्म २६.४४ किमी ६ लेन र परवानीपुर–गण्डकचोक–वीरगंजसम्म ४.२५ किमी चार लेन सडक तथा पुल निर्माणको लागि ७ प्याकेजमा रु ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो ।

वीरगंज–पथलैया ६ लेन सडक निर्माणमा जीतपुर बजारबाहेक कतै अवरोध छैन । जीतपुर बजारका व्यवसायी, बासिन्दा तथा उपमनपाको प्रतिनिधिहरूको सुझाव–सहमतिबमोजिम साउनभित्र सडक अतिक्रमण गर्नेहरूले घर, टहरा आपैmं हटाउनुपर्ने हुन्छ ।

अतिक्रमण नहटे सरकारको नीति निर्देशन बमोजिम प्रहरी प्रशासनको समन्वयमा अतिक्रमणमुक्त गराउने योजना प्रमुख मेघराज मरासिनीले बताए । यस सम्बन्धमा सडक अतिक्रमणकारीलाई कुनै किसिमको सेवा सुविधा दिनेबारे आधिकारिक पत्र वा जानकारी नआएको उनले बताए ।

Back to top