मधेस दलका आपसी बिवादका कारण सहिद पटेलको शालिक बन्यो खेनौना

149

वीरगन्ज २६ साउन । दोश्रो मधेस आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका सहिद सत्रुधन पटेलको शालिक अनावरण नभएपछि अलपत्र परेको छ । शालिक अहिले स–साना बालबालिकाको खेनौना भएको छ । पर्साको पकाहा मैनपुर गाउँपालिक ४ स्थित पकाहा चोकमा एक वर्षअघि नै निर्माण गरिएको सहिद पटेलको शालिक मधेसी दलको विवादका कारण अनावरण हुन नसकेको र अहिले शालिक स–साना बालबालिकाको खेनौना भएको छ । दोश्रो मधेस आन्दोलनका क्रममा संविधान जारी गर्ने दिन २०७२ साल असोज ३ गते वीरगन्जको गीता मन्दिर रोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर पटेलको घटनास्थलमै मृत्यु भएको थियो ।  साविकको पकाहा मैनपुर गाविसका पूर्वअध्यक्ष मदनप्रसाद चौरसीयाले २०७३ साल असारमा आफ्नो निजी खर्चमा पाकाहा मैनपुरको चोकमा शालिक बनाइ दिएका थिए। २०७३ साल असार ३१ गते शालिक अनावरण राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले गर्ने कार्यक्रम तय भएको थियो ।पटेलकी आमा कुश्मी देवीले आफनो छोराको अनुहार शालिकको अनुहारसँग नमिलेको भन्दै आपत्ति जनाएपछि अनावरण कार्यक्रम राजपाले स्थगित गरेको थियो ।


SHARE