प्रहरी निरीक्षक निशान थापाले गरे २८ लाख बराबरको औषधि बरामद

407

वीरगंज, श्रावन २५ – जिल्ला प्रहरी कार्यालय पर्साले वेवारिस अवस्थामा राखिएको २८ लाख बराबरको लागु औषधि बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान थापाको नेतृत्वमा खटेको टोलिले शुक्रबार वीरगंज महानगरपालिका वडा नं. ३ छपकैयाँ स्थित सडक खण्डबाट अनुमानित मुल्य २७ लाख ७८ हजार ६ सय २४ रुपैया बराबरको वेवारिस अवस्थामा लागु औषधि बरामद गरेको हो ।


जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार प्रहरीले १२ कार्टुन ट्रमाडोल ह्याइड्रोक्लोराइड क्याप्सुल आइ.पी नामक लागु औषधि बरामद गरेको छ । बरामद औषधिलाई आवश्यक कारवाहीका लागि विभाग शाखा कार्यालय वीरगंज पठाउने तैयारी भईरहेको प्रहरीले जनाएको छ ।


SHARE