८३ लाख नेपाली रुपैया सहित चार भारतीय नागरिक पक्राउ

1360

वीरगन्ज २४ साउन परासी–ठुठीबारी–महेशपुर सीमाबाट ८३ लाख नेपाली रुपैया सहित चार भारतीय युवक पक्राउ परेका छन् ।भारी नगद रुपैया सहित पक्राउ पर्ने विहारको सिवान बस्ने निरंजन कुमार, गोरखपुर खजनी निवासी रामेश्वर सिंह, देवरियाको तरकुलवा निवासी धर्मेन्द्र राव, र महराज गंजको निचलौल निवासी मुंशरीफ रहेको जनपद प्रहरी ठुठीबारी कोत्वालीले जनाएको छ ।भारतको महराजगंज जिल्लाको सीमावर्ती बजार ठुठीबारी सीमामा भारतबाट नेपाल भित्र्याउँदै गरेको नेपाली र भारतीयसमेत गरी करिब ८४ लाख रुपिया नगद सहित ४ जना युवाहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको सिमावर्ती बजार ठुठीबारी सीमा नेपालको नवलपरासीको महेशपुर सीमासंग जोडिएको नाका हो ।ठुठीबारी–महेसपुर सीमामा भारतीय प्रहरीले सवारी साधन चेकजाँचको क्रममा युपी ५३ सीबी ४३९८ नम्बरको भरतीय सेतो कारमा सवार ४ जना युवाले नेपाली ८३ लाख २० हजार र भारतीय ४४ हजार रुपिया नगद सहित फेला पारेपछि कार र नगद रुपैया सहित कारोबारी ४ वटै युवाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको भारतीय सीमा सुरक्षा एवं खुफिया एजेन्सीले जानकारी दिएको छ । पैसाको बारेमा प्रहरीलाई विशेष सुराकी भएपछि बुधबार विहान जनपद प्रहरी र एसएसबीले सवारी साधन चेकजाँच गर्दै आवत जावत गर्ने व्यक्तिहरु माथि निगरानी बढाएको थियो । बुधबार विहानकै समयमा रुपैयाले भरिएको कार भारतबाट ठुठीबारी–महेसपुर नाका हुदै नेपाल छिराउन खोज्दा शंकाका आधारमा प्रहरीले कार चेकगर्दा कारको डिग्गीमा कागज बेरेर राखिएको नेपाली र भारतीय मुद्रा फेला पारी कार र युवकहरुलाई नियन्त्रणमा लिइएको थियो ।


SHARE