वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा काठमाडौंमा फोटो पत्रकारहरुले गरे प्रदर्शन

301

बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनबारे आफ्नो धारणा सार्वजनिक गरेको अभियोगमा त्यहाँको सरकारले वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा काठमाडौंमा फोटो पत्रकारहरुले प्रदर्शन गरेका छन् । आलमलाई निशर्त र यथाशिघ्र रिहाई गनुपर्ने तथा प्रेस तथा अभिब्यक्ती स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने माग गर्दै काडमाडौं, बसुन्धरास्थित बंगलादेश राजदुतबास अगाडि प्लेकार्डसहित फोटो पत्रकारहरुले धर्ना दिदै प्रर्दशन गरेका थिए । धर्ना लग
त्तै राजदुतबासलाई ज्ञापन प्रत्र बुझाइएको थियो ।
नेपाल फोटो पत्रकार महासंघ, फोटो पत्रकार क्लब र फोटो सर्कलले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेको र अन्तवार्ता दिएकै कारण पत्रकारलाई गिरफ्तार गर्नु भनेको प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो । प्रेस स्वतन्त्रताको सम्मान गर्न बंगलादेश सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी सबै खालका क्रियाकलाप बन्द गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल फोटोपत्रकार महासंघका महासचिब हरी रेग्मील,े आलम नेपाली फोटो पत्रकार र नेपालको फोटोपत्रकारिता जगत्का लागि पुराना र सहयोगि हितैषी भएको बताउँदै उनलाई बिनाशर्त रिहाई गर्नुपर्ने माग गरे । फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले आलमको प्रकाउ सिङगो फोटोपत्रकारिता जगत्माथिको आक्रमण भएको बताउँदै उनको निर्शत रिहाई गरी प्रेस तथा अभिब्यक्ति स्बतन्त्रताको सम्मान गर्न बंगलादेशी सरकारलाई आग्रह गरे ।
त्यसैगरि फोटो सर्कलकी संसापक नयनतारा गुरुङकक्षतिले आलम सधैँ सत्य, न्याय,समानता र स्वतन्त्रताका लागी उभिने मानिस भएको बताउदै बंगलादेश सरकारले उनलाई अविलम्ब र निर्शत रिहाई गर्नुपर्ने बताइन् । मन्तब्यका क्रममा वरिष्ठ फोटो पत्रकार बिकास रौनियारलेएकजना फोटोपत्रकारले पे्रस स्वतन्त्रताको उपयोग गर्दा गिरफतार गर्ने बंगलादेशी सरकारको कार्य निन्दनिय भएको बताउँदै साहिदुललाई अविलम्ब रिहा गरी गल्ती सच्चाउन माग गरे ।
साहिदुल आलमको गिरफ्तारीलाई हाल दक्षिण एशियामा बढ्दै गएको विरोधीलाई सहन नसक्ने प्रवृत्तिको एउटा पाटोको रुपमा नेपाली फोटोपत्रकार तथा संचारकर्मीहरुले मूल्यांकन गरेका छन् । बंगलादेशी सरकारलाई आलम बंगलादेश बाहिर पनि एक सशक्त व्यक्तित्व भएको र उनको अवस्थाप्रति नेपाली फोटोपत्रकार तथा सम्पूर्ण संचारकर्मीहरु चिन्तित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
बंगलादेशको सत्तारुढ दलको अवामी लिगको विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनका क्रममा ब्यापक रुपमा त्यहाका फोटो पत्रकाररुमाथि आक्रमण भएको थियो । आन्दोलनका क्रममा फोटो पत्रकारको सुरक्षाका विषयमा शाहिदुलले अन्तर्र्रािष्ट्रय संचारमा अन्तर्वार्ता दिएको आरोपमा बंगलादेशी सरकारले गत आइतबार उनलाई घरबाटै पक्राउ गरेको थियो ।


SHARE