×

वीरगन्ज २२ साउन - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनको केन्द्रविन्दु पर्साका नेता तथा कार्यकर्तामाथि सौतेला व्यवहार गरेको भन्दै नेतृत्वको कार्यशैलीको आलोचना गरेका छन् ।

पार्टीमा यति ठूलो योगदान गरेको जिल्लालाई पूर्णतः बेवास्ता गरेर अध्यक्ष यादवले मधेश आन्दोलनको अपमान गरेको बताउँछन् ‘पर्साका एक जनालाई पनि मन्त्रीमा सहभागी नबनाएर अध्यक्षले हामीप्रति सौतने व्यबहार गर्नुभएको छ यसबाट कार्यकर्तामा निराशा पैदा भएको छ नेताहरुलाई उचित जिम्मेवारी नदिएमा भोलिका दिनमा पार्टीका गतिविधि सुस्त हुने भन्दै उनले नेतृत्वलाई सच्चिनका लागि आग्रह गरे फोरम पर्साका कार्यबाहक अध्यक्ष सुन्दरप्रसाद कुर्मीले ।

कुर्मीका अनुसार पर्साबाट प्रतिनिधिसभामा निर्वा्चित प्रदीप यादव, विमल श्रीवास्तब र हरिनारायण रौनियारले अध्यक्ष यादव सरकारमा सहभागी भएपछि भेटेर आफूहरुमध्ये एक जनालाई सरकारमा सहभागी गराउन आग्रह गरेका थिए । आन्दोलनको नेतृत्व गरेका कारण प्रदीपलाई जिम्मेवारी दिनुपर्ने उनीहरुको भनाई थियो । त्यसमा अध्यक्ष यादवले हुन्छ समेत भनेको बताउँदै कुमीले भने,‘तर पार्टीका तर्फबाट मन्त्री बनाउने बेलामा पूरै बेवास्ता गरियो ।’ चुनाव तिन दिन अगाडी डा. बाबुराम भटराईको पार्टीबाट फोरम पार्टी प्रवेश गरेका डा सुरेन्द्र यादवलाई राज्य मन्त्रि बनाएको देखेर पर्सा जिल्लाका कार्यक्रताहरु भने कतै अध्यक्ष उपेन्द्र यादवले शुभलाभको चक्करमा त परेका होईन्न पर्सा फोरमका कार्यकर्ताहरु प्रस्न उठाउन सुरु गरेका छन ।

पार्टी प्रवक्ता रामनरेश यादव अध्यक्षले पर्साका नेताकार्यकर्तामाथि ठूलो अन्याय गरेको बताउँछन् । संघीय विद्यार्थी फोरमका केन्द्रीय सदस्य प्रकाश शर्मा अध्यक्षको व्यबहारले आफूहरु हतास भएको बताउँछन् । उता, वीरगञ्ज महानगरपालिका कार्यपालिका सदस्य सुशील साह कानु युवा, विद्यार्थीले मधेस आन्दोलनपछि प्रतिफल पाउनु पर्नेमा अध्यक्षको ब्यवहारले मानमर्दन गरेको बताउँछन् । गत संसदीय, प्रदेश र स्थानीय तह निर्वाचनमा प्रदेश नं २ का ८ जिल्लामध्ये फोरमले सबैभन्दा धेरै पर्साबाट सफलता पाएको थियो । पर्साका चार संसदीय क्षेत्रमध्ये तीन वटामा फोरमले जितेको छ । यसैगरी प्रदेशसभाका ५ सिट, वीरगञ्ज महानगरपालिकासहित ८ स्थानीय तह र जिल्ला समन्वय समितिमा फोरमले जितेको छ ।

यता संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. २ को कोषाध्यक्ष पदबाट वीरगंज महानगरपापलिकाका नगरप्रमुख बिजय कुमार सरावगीलाई हटाइएको छ । यो सबै देखेर पर्सा फोरममा भाडभैलो मचन सुरु भएको देखिन्छ ।

Back to top