×

वीरगञ्ज, २२ साउन नेपाल उद्योग वाणिज्य महासंघ , जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला विरगञ्ज भएको छ । भेलाको प्रमुख अथितिनेकपाका अध्यक्ष प्रचण्ड रहेका थिए । उनले व्यवसायीको नाफा कमाउने ग्यारेन्टी सरकारले गनु पर्ने बताएका थिए । उनले भने ‘ हाम्रो पहिलो प्रथमिकता स्वदेशी उद्योगी व्यवसायीलाई हुन्छ त्यस पछि मात्र विदेशी लगानीको ठाउँ पाउँछ’ । अहिले कुनै पनि मुलुक सम्पुर्ण क्षेत्रमा आफै लगानी गर्न असम्भव भएकाले विदेशी लगानी भित्राउनु पर्ने बाध्यता भएको बताएका छन् । अध्यक्ष प्रचण्डले उद्योगी व्यपारीलाई स्वदेशमा कमाउने वातावरण बनाई नेपाली लगानी बाहिर जान बाट रोक्नु पर्ने बताएका छन् । पहिलो प्रथामिकता नेपालमा दिन उद्योगीलाई आग्रह गरेका छन् । कार्यक्रममा उद्योग वाणिज्य तथा आपुतिमन्त्री मात्रिका यादव , उद्योग वाणिज्य महासंकका अध्यक्ष भवानी राणा , विशिष्ट सदस्य चण्डिराज ढकाल , जिल्ला नगरका उपाध्यक्ष किसोर कुमार प्रधान ,शेखर गोल्छा, उमेशलाल श्रेष्ठ, दिनेश श्रेष्ठ,जय शिवाकोटी लगाएत उद्योगी व्यपारीहरुको सहभागिता थियो ।

[video width="1280" height="720" mp4="http://yatradaily.com/wp-content/uploads/2018/08/InShot_20180807_155857829.mp4"][/video]

Back to top