विवादबीच महानगरपालिकाको विशेष नगरसभा सम्पन्न

1123

वीरगञ्ज, २२ साउन वीरगन्ज महानगरपालिकाको विशेष नगर सभा विवादका बीच सम्पन्न भएको छ । वीरगन्ज महानगपालिकाकी उप–प्रमुख तथा राजश्व परार्मश समितिकी संयोजक शान्ति कार्कीले आर्थिक वर्ष २०७५÷०७६ का लागि तयार पारिएको करका नयाँ दर खारेज गर्दै आर्थिक वर्ष २०७४÷०७५ कै दर लागु गर्न र नेशनल मेडिकल कलेजलाई दिइएको राजश्व छुटलाई खारेज गर्दै पहिला र्निधारण भएको जरिवानासहितको कर असुल गर्न प्रस्ताव गरेपछि नगर सभामा विवाद भएको हो ।
आर्थिक वर्ष २०७५÷०७६का लागि महानगरपालिकाले पारित गरेको करको नयाँ दरको चौरतर्फी विरोध भएपछि करका दरलाई संसोधन गर्न डाकिएको विशेष नगर सभाले प्रस्तावित नयाँ करका दरहरुलाई पारित गरेपछि सो विरोधमा विवाद भएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार भुषालले जानकारी दिनुभयो । उहाले पहिले र्निधारण गरिएको सम्पत्ति करलाई संसोधन गर्नुको साथै अन्य करका दरलाई जनताको माग अनुसार संसोधन गरिएको दावी गर्नुभयो ।
उप–प्रमुखले नगर सभामा ल्याउनु भएको दूई वटा प्रस्ताव मध्य आर्थिक वर्ष २०७४÷०७५ कै करका दर लागु गर्ने प्रस्तावलाई बुहमतले अस्विकार गरेको र नेशनल मेडिकल कलेको हकमा पहिले नै पूर्न मुल्याँकन समिति गठन गरेको जानकारी दिनुभयो ।
महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा वीरगन्जको नगर सभामा आयोजना गरिएको विशेष नगर सभामा उपस्थित रेहका १४६ जना मध्य ९४ जना सदस्यहरुको बहुतले नया दरहरु पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत भुषालले जानकारी दिनुभयो ।
महानगरपालिकाले र्निधारण नगरेको नया दरप्रति नेपाली काँग्रेस लगायतका दलहरुबाट प्रतिनिधीत्व गर्ने सभासदहरुले विरोध जनाउदै नगर सभामा नारावाजी गरेका थिए ।


SHARE