नेपाल फोटो पत्रकार महासंघले ग¥यो बंगलादेशी पत्रकार गिरफ्तारीको विरोध

382

वीरगञ्ज÷बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनका विषयमा आफ्ना धारणा व्यक्त गरेको अभियोगमा बंगलादेशी सरकारले वरिष्ठ फोटो पत्रकार तथा सांस्कृतिक अभियन्ता शाहिदुल आलमलाई गरेको गिरफ्तारीप्रति नेपाल फोटो पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघले प्रेस जगतले स्वतन्त्र रुपमा आफ्नो धारणा व्यक्त गर्न पाउने अधिकारलाई कुण्ठित गर्दे फोटो पत्रकार तथा सांस्कृतिक अभियन्ता शाहिदुल आलममाथि भएको गिरफ्तारीको निन्दा गर्दै बिनासर्त उनको यथाशिघ्र रिहाईको मागसमेत गरेको छ ।

महासचिव हरि रेग्मीले मंगलबार जारी गरेको विज्ञप्तिमा ढाका मेट्रोपोलिटन प्रहरीले आलमलाई पक्राउ गर्नुका साथै उनको घरमा रहेको सीसी क्यामेरा तोडफोड गर्नुका साथै इन्टरनेट राउटर पनि फुटाएको उल्लेख छ । ‘साहिदुल आलमको गिरफ्तारीलाई अहिले दक्षिण एशियामा बढदै गएको आफ्ना विरोधीलाई सहन नसक्ने प्रवृत्तिको एउटा पाटोको रुपमा रहेको नेपाली फोटो पत्रकारहरुको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।


साहिदुल आलम ड्रिक नामक दक्षिण एशिया मेडिया इन्स्टिच्युट तथा छोबी मेलाका प्रवर्तक हुन् । त्यस्तै आमलले वल्र्ड प्रेस फोटो फाउन्डेशन नेदरल्याण्ड्सले वार्षिक रुपमा आयोजना गर्ने फोटो प्रतियोगिताको प्रमुख निर्णायकको भूमिका पनि निर्वाह गरिसकेका छन् । उनले समाचार, सूचना, फोटोग्राफी तथा सांस्कृतिक अभियानमार्फत बंगलादेशी जनतालाई सूसूचित गराउने तथा दक्षिण एशियाका देशहरूलाई भावनात्मक रुपमा जोड्ने काम गर्दै आएको महासंघले जनाएको छ । महासंघले आलम नेपाल फोटो पत्रकार महासंघका पुराना हितैषी भएको र बिसं २०५३ सालदेखि छोबी मेलामार्फत दुई देशीय फोटो प्रदर्शनीसमेत हुदै आएको उल्लेख गरेको छ ।


SHARE