×

वीरगन्ज १५ साउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा सरकारविरुद्ध प्रदर्शन गरेको छ। पार्टीका जिल्ला अध्यक्ष अजयकुमार द्विवेदीको नेतृत्वमा भएको विरोध कार्यक्रममा कांग्र्रेस केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेता जनार्दन सिंह क्षेत्री लगायतले केपी ओली नेतृत्वको सरकारलाई निरंकुश र जनविरोधीको आरोप लगाए।उनीहरूले बाध्य भएर सडकमा उत्रिएको कांग्रेसले सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए।

महँगी वृद्धि लगायतका जनसरोकारका मुद्दालाई एजेन्डा बनाउँदै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो। कम्युनिस्ट अधिनायकवादको अभ्यास सरकारले गरेको आरोप लगाउँदै देशव्यापी प्रदर्शन भएको छ। मुख्य शहरी क्षेत्रमा प्रदर्शन भएको हो। कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार प्रदर्शन र कोण सभासहितको विरोधको कार्यक्रम भएको हो।

Back to top