×

वीरगंज,२ साउन । हिन्दुहरुको आस्थामाथि धावा बोल्ने प्रपञ्च सबैतिरबाट भइरहेको भन्दै भाठा मेलामाथि रोक लगाएर स्थानीय प्रशासनले ज्यादती गरेको आरोप पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियारले लगाएका छन । सांसद हरिनारायण रौनियारले यदि स्थानीय प्रहरी प्रशासन र निकुञ्जले मुडभेड खाजेको हो भने त्यसको लागि जनता तयार रहेको बताउनु भएको छ । यस सन्दर्भमा संसदमा जानकारी गराउंदा पनि सरकारबाट कुनै जवाफ नआएकोले आफुले पत्रकार सम्मेलन गरेर जनसमक्ष आफ्नो धारणा राखेको बताउनु भयो । निकुञ्ज र स्थानीय प्रशासनले मन्दिरको मुर्ती अन्यत्र सार्न सकिने गैर जिम्मेवारी पूर्ण अभिव्यक्ति दिएर मान मर्दन गरेको बताउने के पशुपतिनाथलाई वीरगंज र मुक्तिनाथलाई पोखरा सार्न मिल्छ ? भनि प्रतिप्रश्न गर्दै आस्थासंग खेलवाड नगर्न निकुञ्ज र स्थानीय प्रशासनलाई आग्रह गर्नुभयो ।

यसैगरी प्रदेश सभासदस्य मन्जुर अंसारीले वर्तमान प्रजिअको पर्साबासीहरु माथि गलत नियत भएको भन्दै पोखरीयाको एक सार्वजनिक कार्यक्रममा उनले पर्सा जिल्लामा तस्करहरु मात्र बस्छन भनेर भनेको भन्दै मधेशीहरुको सहादत र बलिदानीमा बनेको सरकारलाई बदनाम गराउने काममा प्रजिअ लागेको आरोप लगाउंदै यो मेलाको झन्झट उसैले खडा गरेको आरोप लगाउनु भयो ।

संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य फिरोज मन्सुरले धार्मिक आस्थासंग खेलवाड गर्ने काम बन्द गर्न आग्रह गर्दै यदि निहँु नै खोज्ने हो भने त्यसको कडा प्रतिकार हुने बताउनु भयो ।

प्रदेश नं. २ का योजना अयोगका सदस्य मोहनलाल चौधरीले वर्षको दुइ चोटी श्रावण र बैशाखमा लाग्ने मेलालाई हस्तक्षेप गर्ने निंदनीय भएको भन्दै वर्तमान कर्मचारीहरुमा पञ्चायती पाराको दम्भ देखिएको आरोप लगाउनु भयो ।

सो पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तपाइहरुको नै रहेको भएतापनि यस्तो अवस्था किन आएको भनी प्रतिप्रशन गर्नु भयो । पत्रकार सम्मेलन सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष प्रदीप जैसवालको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनमा पर्साका ४ जना संसदहरू सामुहिक पत्रकार सम्मेलन गर्ने कुरा थियाे तर एक जना मात्र संसदले पत्रकार सम्मेलन गरे अारू ३ जना संसदले हिन्दुहरुको आस्थामाथि धावा भएकाे देखे पनि अाएन्न ।

Back to top