×

वीरगन्ज १ सावन पटेर्वा सुगौली गापा–१ रामभौरी भाठामा लाग्ने साउने मेलाको विषयमा सदनमा अवाज उठाउनुकाे सटा पर्साका ४ जना संस्दहरू वीरगन्जमा काेरलियर जग हसाउने काम गरेका छन ।

पर्साले धार्मिक महŒव राख्ने रामभौरीभाठाको दुग्धेश्वरनाथ मन्दिरमा हुने साउने मेला यस वर्ष सो स्थानमा गर्न रोक लगाएपछि सदनमा चु समेत गर्न नसकेका ई संसदहरूले वीरगन्जमा नाैटकीकाे हुकार लगाएकाे देखदा पर्साबासीले लजित भएकाे अनुभव गरेका छन ।

पर्सा राष्ट्रिय निकुञ्ज आधाभार र जिल्ला प्रशासन कार्यालय, पर्साले धार्मिक महŒव राख्ने रामभौरीभाठाको दुग्धेश्वरनाथ मन्दिरमा हुने साउने मेला यस वर्ष सो स्थानमा गर्न रोक लगाएपछि साउने मेलालाई लिएर अन्योल बढेको ले मेला अाज सावन १ गते पनि लागेकाे छैन ।

प्रशासनले राष्ट्रिय वनमा रहेको वन्यजन्तुहरूको वासस्थानमा साउने मेला लाग्ने गरेकोले वन्यजन्तुमा प्रतिकूल असर पर्ने र वासस्थान छोडी भाग्नुपर्ने अवस्थाका साथै साउने मेला भर्न आउनेहरूसमेत वन्यजन्तुको आक्रमणमा पर्ने गरेकाले मेला लगाउन रोक लगाएको छ ।

गापा कार्यालय र मेला व्यवस्थापन समितिलगायत स्थानीयले ऐतिहासिक महŒव राख्ने रामभौरीभाठाको साउने मेला परम्परागतरूपमा तोकिएको स्थानमा गर्न अडान लिंदै आएका छन् । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला सबैको सहभागितामा दुईपटक बैठक बसे पनि मेला सम्बन्धमा कुनै टुङ्गोमा पुग्न सकिएको छैन ।

स्थानीय प्रशासन राष्ट्रिय निकुञ्ज अन्तर्गत चारभैया पोस्ट र सोनबर्साबीच राष्ट्रिय वनको जग्गामा मेला गर्ने र त्यहाँबाट दुग्धेश्वरनाथ महादेवे मन्दिरमा भक्तजनमात्र जाने कुरामा सहमत भएको छ । तर स्थानीयहरूलाई यो कुरा स्वीकार छैन ।

संघिय समाजवादी फोरम नेपालका सांसद हरिनरायण रौनियाले पर्साको निकुंञ्ज भित्र वर्षौ पुरानो ऐतिहासिक दुधेश्वर महादेव मंन्दिरमा श्रावण महिना लागने मेलालाई पर्सा निकुंञ्ज र जिल्ला प्रशासन कार्यालय पर्साले रोक लगाउने भनेपछि संघिय संसदको बैठकमा बाेलेका थिए तर याे विषयमा पर्साका ४ जना संंसदहरू एक जुट भई सदन घेराउ गरेर अवाज उठाउनुकाे साटाे पर्सा अाएर राजनितिक गाेटी सेकेकाे देखेर पर्साबासी लजित भएका छन ।

Back to top