×

वीरगन्ज १ सावन गैर नागरिकलाई छोरा बनाई नागरिकता दिलाउन खोज्ने नक्कली बाबुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

वीरगंज महानगरपालिका वडा नं. ३२ निवासी नेक महम्मदले फिरोज अंसारीलाई आफ्नो छोरा बनाइ नागरिकता दिलाउन खोजेपछि उनी प्रहरी हिरासतमा परेका हुन ।

२०६३ सालमा बनाइएको नक्कली जन्मदर्ताको आधारमा वीरगंज महानगरपालिका वडा नं. ३२ का वडा अध्यक्ष रेयाज अह्मदले नागरिकताको लागि सिफारिस गरेका थिए । वडा अध्यक्ष रेयाजले तत्कालिन वडा नं. ३२ को सचिव बिन्दा साहले २०६३ सालमा जन्म दर्ता बनाएको र उनकै पहलमा नेक महम्मदले फिरोज अंसारीलाई छोरा बनाएर नागरिकता बनाउन खोजेको आरोप लगाइदैछ ।

नेक महम्मद अत्यन्त गरिब व्यक्ति भएको र उसलाई रु. १० हजार रुपैया दिने लाभमा यो काम गराइएको आफुले सुनेको वडाअध्यक्ष रेयाजले बताए ।

Back to top